पाल्पाको पर्यटकिय महत्त्व

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ २९ गते २३:३५

पाल्पा । पाल्पा जिल्ला आफैमा पर्यटकीय हिसाबले चिरपरिचित नाम हो,ऐतिहासिक धार्मिकस्थल र सामाजिक,शिक्षा क्षेत्र एबम प्राकृतिक बिबिधताले धनि मानिन्छ । यस अर्थमा समग्रमा पाल्पा बिबिधताले धनि मनिन्छ । ,पछिल्लो समयमा नेपाली समाजमा बढ्दै गएको साहित्यक खेलमध्य प्याराग्लाइडिङ पनि एक साहसिक एड्भ्नेचर रुपमा मानिन्छ । ,यस साहासिक एडभेन्चर तर्फ बिस्तारै आकर्षणको रुपमा बढ्दै गएको हुनाले जल्पा स्थित बघेलालेकलाई यो आँँखाले पनि देख्न सकिन्छ , ।
समग्र पाल्पाको बिकाशको एजेन्डाहरुमा भैरहवामा निर्माणधिंन अन्तरास्ट्रिय विमानस्थल र यसले उपलब्ध गराउन सक्ने विभिन्न खालको अबसरको हिसाबले प्रभाव पार्ने निश्चित देखिन्छ । समग्र पाल्पाको पर्यटनमा हरेक स्थानीय तहहरुले समेत बिकाशको अबधारणामा महत्त्वपूर्ण स्थानमा राखी पर्यटन विकास सम्बन्धि खोज तथा अनुसन्धानको आवश्यकता देखिन्छ ।
हरेक स्थानीय तहले नया बिविध अबसरहरु पहिचान तथा सिर्जना गर्दैजानु आबश्यकता देखिन्छ । जसको समयमानै पहिचान तथा परिचालन गरि समग्र स्थानीय तहको आर्थिक तथा सामाजिक रुपमा आफुलाई परिबर्तन गरि समग्र जिल्लालाई नै आर्थिक हैसियतमा सक्षम बनाउन जरुरी छ ।
पछिल्लो समयमा हरेक स्थानीय तहहरुले विभिन्न खालका बिकाशका नया नयाँ बहस तथा विभिन्न खालका बिकाशे योजनाहरुमा बहस तथा छलफल भयता पनि खोजमुलक पर्यटनमा आझै बहसको रुपमा देखिएको छैन । ,साबिक जल्पा गा बि स १ स्थित बघेलालेकलाई पर्यटनको हब अर्थात् प्याराग्लाइडिङ स्पटको रुपमा समेत रुपान्तर गर्न सकिन्छ ।

र वरिपरी रहेको जंगललाई व्यवस्थितरुपमा ब्यबस्थापन गरि भिन्न खालको जडिबुटीहरुको अनुसन्धानको केन्द्र स्थापना गर्ने ,र आधुनिक प्रशिक्षण केन्द्रहरु निर्माण गर्ने साथै आधुनिक मगरी होमस्टेहरु समेत निर्माण गर्न यस किसिमको बिकाशको अवधारण सिर्जना गर्न सकेमा यो एउटा निक्कै चासो र अवसरको बिषय भई सबैको नजरमा पर्न सक्दथ्यो कि?

यस अवधारणा अनुसार समग्र नेपाली समाज एबम पाल्पाको पर्यटन तथा प्रबर्धन गर्दै जिल्लाको समग्र बिकाशमा प्रभाबकारी योगदान र एउटा नमुना कामको रुपमा सावित हुने थियो ,बघेला लेक आफैमा प्राकृतिक एबम सुन्दरताले भरिपुर्ण लेक हो । शुद्ध स्वस्च्छ एवम् चिसो हावापानीको लागी जिल्लाले नचिनेको ठाउँ हो । बघेला लेकबाट सबभन्दा धेरै हिमशृङखलाहरु अवलोकन गर्न सकिन्छ । यस लेकबाट हिमशृङखलाहरु देखि तराईका बिभिन्न भूभागसमेत दृश्यअबलोकन गर्न सकिन्छ, । पूर्वमा रहेको हत्तिलेक र उत्तरमा अबस्थित रिमिघालेक ले अझ यस लेक लाई मनमोहक र सुन्दरताले भरिएको छ ,पाल्पाको पर्यटनको बिकाशलाई सदरमुकाममा मात्र सिमित नराखी विभिन्न स्थानीय तहहरुमा अबस्थित स्थानहरुको पहिचान गरि स्थानीय तहले पनि उत्तिकै चासो र सरोकारको बिषय देख्दछु ।

पाल्पामा यस्ता कैयन लेकहरु छन । जहाँ नयाँ नयाँ आकर्षक एबम् सृजनशील क्रियाकलाप संचालन गरि पाल्पाको पर्यटनको बिकाशमा नयाँ छलांग मार्न सकिएको छैन । ,पर्यटन क्षेत्रमा नयाँ नयाँ चिन्तन सोच तथा सम्भबनाहरु बोकेर बसेका स्थानहरुमा खोजको अभाबले बिभिन्न खालका सम्भ्बनाहरुलाई हामीहरुले गुमाईरहेका छौ ,यस बघेलालेक मा शाहसिक खेल प्याराग्लाइडिङ हब निर्माण गरि आसपासमा रहेको जंगललाई ब्यबस्थित बनाई जडिबुटी अनुसन्धान केन्द्र निर्माण ध्यान केन्द्र प्रशिक्षण केन्द्र उध्यम्शिलको लागी ब्यबहारिक शिपपरीक्षण केन्द्र तालिम केन्द्र,दृश्यअवलोकनको लागी भ्यु टावरको निर्माण साथै मगरी होमस्टे निर्माण गरि ग्रामीणक्षेत्रमा पर्यटन प्रबर्धनमा जल्पाको उच्चतम बिकाश हुने थियो ,यस बाट नया नमुना आकर्षक आधुनिक पाल्पाको पुर्बकै पर्यटकीय स्थल बन्नसक्ने छन यस किसिमको योजना तथा परियोजना द्वारा स्थानीय उत्पादनमा जोड रोजगार तथा आर्थिकस्तरमा उल्लेखनिय परिबर्तन गर्न सकिन्छ ।
समग्र पर्यटन बिकाशमा र अभ्यासमा सबै क्षेत्रको खोजमुलक सहभागीता र सहकार्यको आबश्यकता देखिन्छ । र सहभागीता र सहकार्य भएको खण्डमा असम्भव भन्नेकुरा केहि पनि हुदैन
लेखक । गोपाल राना मगर (त्रिभुबन बिश्वबिद्यालयमा समाजशास्त्रमा स्नाकोत्तरमा अध्यनरत हुनुहुन्छ)


प्रकाशित : २०७७ भदौ २९ गते २३:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology