निस्दी आवाज युवा सञ्जालद्वारा आयोजित विविध प्रतियोगिता सम्पन्न ।

अमृत काम्मु मगर
प्रकाशित : २०७७ भदौ ३० गते १४:१०

भाद्र ३०/पाल्पा(मित्याल)
राष्ट्रिय बालदिवसको अवसरमा निस्दी आवाज युवा सञ्जालद्वारा आयोजित निस्दी गाउँपालिक स्तरीय आधारभूत तह अनलाइन बौद्धिक/सांस्कृतिक प्रतियोगिताको नतिजा प्रकाशित भएको छ ।
उज्यालो निस्दी अभियान शिर्षक अन्तर्गत बालगीत,कविता वाचन र वक्तृत्वकला गरि तीन विधामा आयोजित सो प्रतियोगिता भाद्र २९ गते राष्ट्रिय बालदिवसकै दिन बिहान ९ बजेदेखि राति ९ बजे भित्र निस्दी आवाज युवा सञ्जालको फेसबुक ग्रुपमा आफ्नो प्रस्तुति भिडियो मार्फत पोस्ट गर्ने गरि सञ्चालन गरिएको थियोे । उक्त कविता प्रतियोगितामा सहभागी पाँच प्रतियोगी मध्ये सरस्वती मा.वि.,गल्धाका अभिषेक अर्याल पहिलो,मित्याल छापडाँडाकी दुनीसरा सारु दोस्रो तथा ज्यामिरे सिमलडाँडाकी दिपकुमारी बारघरे तेस्रो भएकी छन । चार वटा समूह सहभागी बालगीत प्रतियोगितामा राईकोट आ.वि.,गल्धाको समूह प्रथम,ज्यामिरे चारघरेको समूह द्वितीय तथा नव साइनो बाल क्लव,मित्याल,छापडाँडाको समूह तृतीय भएको छ । त्यस्तै वक्तृत्वकला प्रतियोगितामा मित्याल छापडाँडाका विजय सुनारी प्रथम,सरस्वती मा.वि.गल्धाका अभिषेक अर्याल द्वितीय र राईकोट आ.वि.,गल्धाकी केशमाया बयम्बु तृतीय भएकी छन ।

विपदमा बालअधिकारको सुनिस्चितता-हामी सबैको साझा प्रतिबद्धता भन्ने नाराका साथ सम्पन्न यस पटकको राष्ट्रिय बालदिवस ३० अौं हो ।नेपालले ई.सं. १९८९ मा संयुक्त राष्ट्र संघ बालअधिकार सम्बन्धि महासन्धि अनुमोदन गरे देखि राष्ट्रिय रुपमै मनाईँदै आएको छ । यस अघि पुर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मीको जन्मदिन पारेर भाद्र ४ गते मनाउने गरिएकोमा वि.सं २०६३ को परिवर्तन पछि भाद्र २९ गते मनाउने गरिएको छ ।

निस्दी गाउँपालिका भित्रका सक्रिय युवाहरुको स्वतन्त्र संस्थाको रुपमा विकसित हुँदै गएको सञ्जालले यसअघि पनि उज्यालो निस्दी अभियान अनलाइन तीजगीत प्रतियोगिता सञ्चालन गरेको थियोे । विद्युत विस्तारको लागि वर्षौं अगाडीदेखि प्रयास भएपनि अझैसम्म विद्युत सुविधा उपभोग गर्न नपाएका निस्दीबासीहरु अँध्यारोमै बस्न बाध्य भएका छन । सञ्जालले यहीँ मुल विषयवस्तुलाई लिएर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । गत महिना सञ्चालित तीजगीत प्रतियोगिताले निस्दीमा विद्युत विस्तार र वितरणको विषयमा सामाजिक सञ्जालमा ठुलै बहसको सृजना पनि भएको थियो ।


प्रकाशित : २०७७ भदौ ३० गते १४:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology