पाल्पा मा २० जनामा कोरोना पोजेटिभ

Kandara News
प्रकाशित : २०७७ भदौ ३० गते १४:५३

पाल्पामा सोमवार एकैदिन ९ स्वास्थ्यकर्मी सहित २० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको परिक्षणमा २४ घन्टामा २० जना कोरोना संक्रमित थपिएका हुन् ।लुम्बिनी मेडिकल कलेज, प्रभासका ४ डाक्टर, ३ स्टाफ नर्स, ३ बिरामी गरि १० जना, यूनाईटेड मिशन अस्पताल तानसेनका एक डाक्टर, एक अनमि, एक कर्मचारी र एक बिरामी गरी ४ जना, जिल्ला अस्पताल पाल्पाका कर्मचारी र उनका छोरी गरि २ जना, बगनाँसकालीका बाबुछोरा गरि २ जना र तिनाउँका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सोमवारसम्म पाल्पामा ८३ जना समुदाय स्तरका संक्रमित देखिएका छन । पाल्पामा सोमवार थपिएका २० सँगै अहिलेसम्म ६ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म ५ सय ७० जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।


प्रकाशित : २०७७ भदौ ३० गते १४:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology