” चोला ” (कविता)

कन्दरा सम्बादाता
प्रकाशित : २०७७ भदौ ३१ गते ११:१४
पुर्ख दर्लामी मगर
पुर्ख दर्लामी मगर,(रचनाकार)

भन्छ लगाउने र खाने सबै आफ्नो,
सानो लगाउने कि ठिक्क हुने नापो ?
सप्त रङ्गी चोला कुन ठीक्क होला ?
बेचैनी पो बनायो दुई दिनको यो चोला।

छान्दा छान्दा गयो आधी रङ्को चोला,
चिल्ला थे अर्ध चाउरियो फुस्रो छाला।
मान्दैन बहेको फर्कने पानी सरि खोला,
बित्यो दिन त्यो बिर्सी गयो परो अब थला।

देखे सबथोक यो दुनियामा चोला,
मोज मस्ती दिए कति ती दिन होला।
साना बने बनाए टुक्रिनु बाकी के होला,
उस्कै भर भो सजिने कि ढाकिने चोला।

आकार प्रकार फरक भो आखिर अर्कैका लागि ,
तुनो लामो छाेटे सुर्के पार्ने इसारा उसैमा भो ।
कस्सिएर टपक्क पार्ने आखिर अर्कैका लागि,
खुम्चिन लागे आइरन दिने उसैको हात भो।

कठै बरा भन्ने पो को छ होला ?
आज कि भोलि भन्ने दिन भो।
असिना बर्षिउन कि पानीको छिर्का,
घामले पोलुन कि हावाले उडाउन।

पोले खरानी हुने ,बगाए बहने,
तर्साए फहराउने, कुहाए हराउने।
फ्याके फ्याकिने, सजाए सजिने,
धोए धुने, सुकाए तापमा सुकिने।

भो यो नयाँ बनोस कि थोत्रो,
च्यात्तिएको बनुन कि ठीक्कको।
सक्नेले लाउन कि नसक्नेले लाउन,
बस निश्चित छ फाटी जाने हो चोला।

(रचनाकार अंग्रेजी विषय शिक्षक हुनुहुन्छ ।)


प्रकाशित : २०७७ भदौ ३१ गते ११:१४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology