गाउँको बाटो मर्मत गर्न जुटे युवा

Kandara News
प्रकाशित : २०७७ असोज १ गते २०:२७

पूर्वखोला -२ जल्पा राक्सेका युवाहरुले बाटो सफाइ गर्नुभएको छ । पूर्वखोला २ जल्पाबाट गाउँपालिका कार्यालय जाने र राक्सेबाट जल्पा वडा कार्यालय पुग्ने सबैभन्दा छोटो बाटोका रुपमा रहेको सो बाटो स्थानिय युवाहरु मिलेर सफाइ गर्नुभएको छ । बर्खाका कारण पहिरो गएको ठाउँ र आवश्यक ठाउँका झाडीहरु पन्छाएर बाटो आवत जावत गर्न सहज बनाएको स्थानिय युवा रोशन देवकोटाले जानकारी गराउनुभयो । जल्पा पर्यटकीय क्षेत्र हो।


प्रकाशित : २०७७ असोज १ गते २०:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology