नेपाली राजदूतावास कतारको आयोजनामा छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवस मनाइएको छ ।

Kandara News
प्रकाशित : २०७७ असोज ३ गते १९:०८

 

दोहा कतार

नेपाली राजदूतावास कतारको आयोजनामा छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवस मनाइएको छ । दूतावासको सभाहलमा शनिवार सम्पन्न कार्यक्रममा दूतावास परिवार, कतारका नेपाली समाजका अगुवा तथा एनआरएनए प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।उक्त अवसरमा महामहिम राजदूत डा. नारदनाथ भारद्वाजले नेपाली दाजुभाइ दिदीबहिनीलाई राष्ट्रिय दिवस तथा संविधान दिवसको शुभकामना दिएका थिए । उनले नेपालको संविधानमा समानता, स्वतन्त्रता, सम्मान र सबै नेपाली नागरिकको मानव अधिकार, बहु–भाषागत, बहु–धार्मिक, बहु–सांस्कृतिक र भौगोलिक विविधताका विशेष विशेषताहरू गहिरो रहेको बताएका थिए । साथै नेपाल सरकार अहिले निरन्तर शान्ति, प्रगति, सामाजिक न्याय, आर्थिक विकास र नेपाली जनताको समृद्धिका लागि लागि परेकोमा खुशी ब्यक्त गरे।दूतावास प्राङ्गणको सभाहलमा दीप प्रज्वलन गर्दै सुरुवात र केक काटेर समापन गरिएको कार्यक्रमको संचालन द्वित्तिय सचिव ऋचा भट्टराईले गरेकी थिईन् ।


प्रकाशित : २०७७ असोज ३ गते १९:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology