निस्दीको गल्धामा ४९ जना नेकपा प्रवेश

कन्दरा संबाददाता
प्रकाशित : २०७७ असोज ७ गते २२:१६

निस्दी–५, गल्धा,पटाकसारमा नेकपाले कांग्रेसमा सक्रिय युवाहरुलाई पार्टीमा प्रवेश गराएको छ ।
नेपाली कांग्रेस निस्दीमा सक्रिय रहेका ४९ जना युवा सहित कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको नेपाल कम्युनिस्ट पार्टि प्रचार विभागले बताइएको छ ।

प्रवेश गर्नेहरुलाई नेकपाका ५ नं. प्रदेश सहइन्चार्ज एवं संघीय सांसद दलबहादुर रानाले टिका लगाएर स्वागत गर्नुभएको थियो । उहाँले नेकपामा प्रवेश गरेका युवा सहितका नेताकार्यकर्तालाई क्षमता र क्रियाशिलताका आधारमा पार्टीमा उचित जिम्मेवारी दिइने बताउनुभयो ।

नेकपाले नेतृत्व गरेको तीनै तहका सरकारले जनताको चाहना र भावना अनुरुप विकास गरेको र नेकपा बाहेक अरु विकल्प नरहेको रानाले दावी गर्नु भयो ।

नेकपामा प्रवेश गर्ने युवाहरुले नेकपाले जनताको मन जित्दै अगाडि बढेकाले आफूहरु कांग्रेस पार्टी परित्याग गरेर प्रवेश गरेको बताएका थिए । कार्यक्रममा नेकपाका नेता राधाकृष्ण कँडेल, स्थानीय नेता तथा कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।


प्रकाशित : २०७७ असोज ७ गते २२:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology