गुल्मीको  रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध धेरै गाडी अलपत्र

Kandara News
प्रकाशित : २०७७ असोज ८ गते ११:००

गुल्मीकोे रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका ४ को नादेवा, ५ को बाँदरेभीर र ६ को डहरे लगायतका ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्लामा सबै भन्दा बढी गाडी चल्ने यो सडकखण्ड अवरुद्ध भएपछि पाल्पा–बुटवल आवतजावत गर्ने  दर्जनौ  गाडी अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भैरहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभएको छ । पहिरो खसेपछि गुल्मीको तम्घास–ईन्द्रेगौंडा सडक पनि अवरुद्ध बनेको छ । यो सडकखण्डको मुसिकोट नगरपालीका ३ मा भञ्ज्याङ नजिकै मााथिबाट ठूलो पहिरो खसेपछि अवरुद्ध भएको हो । वर्षाका कारण कतिपय ठाउँमा सडक भत्कने र पहिरो जाने गरेका कारण गुल्मीका चारदर्जन भन्दा बढी ग्रामीण सडकहरु समेत अवरुद्ध बनेका छन् ।


प्रकाशित : २०७७ असोज ८ गते ११:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology