पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्ने खण्डमा पहिरो, बाटो अबरुद्ध

Kandara News
प्रकाशित : २०७७ असोज ८ गते १४:१८
नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासी र   पश्चिम नवलपरासीको विचमा पर्ने दाउन्ने खण्डमा अविरल बर्षाका कारण  ठाउँठाउँमा पहिरो खसेका कारण यातायात अवरुद्ध भएको छ । दाउन्ने क्षेत्रका साना ठुला गरी ६ ठाउमा राजमार्ग भन्दा माथीबाट पहिरो खसेका कारण पूर्व बाट पश्चिम तर्फ आउँदैगरेका सवारी साधन र पश्चिम बाट पूर्व तर्फ जाने सवारसिाधनहर विहानै देखि राजमार्गमै रोकएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँडले जानकारी दिनुभएको छ । अबरुद्ध राजमार्ज खुलाउनका लागि प्रयास भैरहेको पनि खाँडले जानकारी दिनुभएको छ ।  राजमार्गमा खसेको पहिरो हटाउँदै एकतर्फी रुपमा यातायात  संचालन गराउने प्रयास भए पनि विश्वकर्माबाको मन्दिर नजिकै ठुलो पहिरो खसेका कारण पूर्णरुपमा यातायात अबरुद्ध भएको खाँडले बताउनुभयो । पहिरो हटाएर यातायात सुचारु हुने अवस्थामा पनि राजमार्गमा रहेका खाल्डाखुल्डिका कारण निकै जोखिमपुर्ण अवस्थामा सवारी चलाउनुपर्ने अवस्था रहेको चालकहरुले बताउनेगरेका छन् ।

प्रकाशित : २०७७ असोज ८ गते १४:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology