अविरल बर्षाका कारण बुटवलको तिनाउ नदीले खतराको तह पार गर्यो

Kandara News
प्रकाशित : २०७७ असोज १० गते ०:३९

बुटवल । रुपन्देहीको तिनाउ नदीमा बाढीले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदीमा जलसतहले बाढीको तह पार गरेकोले आसपासमा डुबान हुन सक्ने खतरा भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।बुटवलमा लगाएत आसपासका क्षेत्रहरुमा अहिले पनि भीषण वर्षा भईरहेको छ । तिनाउ नदीमा ५.२ मिटरसम्म सतर्कताको तह र ५.६ मिटरसम्म खतराको तह मानिन्छ । शुक्रबार राती ९:२० सम्मको रेकर्डअनुसार तिनाउको जलसतह ६.५९२ मिटर पुगेको छ । २/३ देखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले अतुलनिय क्षती पुराएको छ ।


प्रकाशित : २०७७ असोज १० गते ०:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology