देवीनगर को विभिन्न ठाउँमा पहिरो, पहिरो लगतै अनुगमनमा जुटे जनप्रतिनिधी

भुवन सिजाली
प्रकाशित : २०७७ असोज १२ गते ७:४४

लगातार भारि वर्षका कारण पुर्वखाेला ४ देवीनगरमा घर ,मन्दिर, माेटरबाटाे भत्किएकोले यतायातका साधन अवरुद्ध भएको छ । लगातार भारि वर्षाले गर्दा देविनगरकाे बेसर्घामा २ वटा घर पुर्णरुपमा भत्केको छ । घर भत्किएकाले स्थानीय बासिन्दाकाे सहयोगमा पुरिएका केही खाद्यान्न लत्ताकपडा निकालिएको र घर धनिहरु छिमेकीको घरमा बसेका छन् । घर भत्किदा १२ लाख बराबरको क्षेति भएको पूर्वखाेला प्रहरी चाैकिले बताएको छ।

तिनाउ खाेलाकाे शिर भनेर चिनिने भानुमाता मन्दिरको मुल गेट र पर्खाल भत्किएको छ। देवीनगर बजार क्षेत्रकाे दक्षिण क्षेत्रमा २ ठाउमा पहिराे जादा बजार क्षेत्र नै जाेखिममा रहेको छ। हुमिन बहादुरपुर सडक खण्ड र हुमिन ज्यामिरे सडक खण्डमा धेरै ठाउ ठाउँमा पहिराे जादा यातायात सेवा अवरुद्ध भएको छ।


प्रकाशित : २०७७ असोज १२ गते ७:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology