मृगौला पिडित रिमीसरा काम्मुका लागि सहयोग जुट्दै

अमृत काम्मु मगर
प्रकाशित : २०७७ असोज १३ गते ९:३९

बुटवल । १३ असोज
मृगौला पिडित रिमीसरा काम्मु मगरका लागि आर्थिक सहयोग जुटेको छ ।
मृगौला पिडित रिमीसरा काम्मु बचाअौं अभियानले सहयोगको याचना गरेपछि चौतर्फी सहयोगका लागि तत्परता देखिएको थियोे । हाल सम्म एक्स ब्रिटिस आर्मी नेत्र थापाको पहलमा पोखरे चेलीबेटी परिवार यु.के. बाट रु. ५५ हजार ,विभिन्न व्यक्तिहरुबाट व्यक्तिगत सहयोग रु. १६ हजार ५ सय तथा जन्मभूमि युवा क्लवको घरदैलो अभियानबाट रु. १ लाख ३ हजार गरि रु. १ लाख ७४ हजार ५ सय सहयोग रकम जुटेको छ । संकलित सहयोग रकम पोखरे चेलीबेटी परिवारका तर्फबाट समाजसेवी क्याप्टेन सोम बहादुर थापा (बराल),एक्स ब्रिटिस आर्मी ईन्द्र थापा र एक्स इण्डियन आर्मी शेर बहादुर थापाले संयुक्तरूपमा बुटवल स्थित निवासमै गई पिडित रिमीसरा काम्मुलाई हस्तान्तरण गर्नुभएको छ । जन्मभूमि युवा क्लवद्वारा संकलित रकम कार्यक्रम संयोजक अमृत काम्मुले हस्तान्तरण गर्नुभएको छ । अझै पनि विभिन्न महानुभावहरुले सहयोगका लागि चासो देखाउनुभएको पारिवारिक श्रोतले बताएको छ । कन्दरा न्युजले रिमीसरा काम्मुका लागि सहयोग याचना शिर्षकमा समाचार पनि प्रकाशित गरेको थियो ।


प्रकाशित : २०७७ असोज १३ गते ९:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology