गाउँ गाउँमा शिक्षक र विद्यार्थीको ज्वरो नाप्दै पढाउँदै दुर शिक्षाको सहयोगको लागि रेडियो वितरण

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ असोज १३ गते १९:५१

गाउँ गाउँमा शिक्षक र विद्यार्थीको ज्वरो नाप्दै पढाउँदै साथै प्रविधिको पहुँच नभएका बालबालिकाहरुको बैकल्पिक शिक्षणको सहयोगको लागी रेडियो प्रदान

पाल्पाको रिब्दीकोट गाउँपालिकाको कुसुमखोलामा रहेको भवानी माध्यमिक विद्यालयका शिक्षकहरू टोलटोलमा कक्षा चलाउन पुग्नुभएको छ। शिक्षकहरूले वैकल्पिक माध्यमबाट टोलटोलमा पुगेर शिक्षा दिनुभएको छ ।
ज्वरोको परीक्षण गरी भौतिक दूरी कायम गरेर पठन पाठनमा सहजीकरण गरिरहेको र प्रत्येक केन्द्रमा पानी पिउनको लागि फिल्टर,हात धुनको लागि बाल्टिनमा पानिको व्यवस्था,सेन्टाइजर,साबुन भएको साथै प्रत्येक विद्यार्थीहरुलाई माक्सको पनि वितरण गरेको विद्यालयका प्रधानाध्यापक रुद्र प्रसाद आचार्यले जानकारी दिनु भयो । बालबालिकाहरू मास्क लगाएर टोलटोलका कक्षामा उपस्थित भएर शिक्षा लिन पाउँदा खुसी व्यत्त गरेका छन ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीले दूरशिक्षा रेडियो कार्यक्रमबाट पढेका पाठ, दिएका गृहकार्य र नबुझेका केही प्रश्नहरू शिक्षकलाई बुझाउने गरेका छन् । कतिपय विद्यार्थीले लकडाउनको अवधिमा बनाएका चित्र, सिर्जना र सिकेका ज्ञान पनि प्रस्तुत गरेको विद्यालयलका शिक्षक अर्जुन आचार्यले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७७ असोज १३ गते १९:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology