सिलुवामा दार्सिङ भञ्ज्याङको नास्ता पसल चोरी

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ असोज १५ गते ८:०७

पूर्वखोला -१ सिलुवा दार्सिङभञ्ज्याङमा नास्ता पसलमा ढोका फोरेर चोरी भएको छ । गए राती पसलको ढोका फोरेर आफ्नो पसल चोरी भएको पसले टोप बहादुर थापाले जानकारी गराउनु भयो । दार्सिभन्ज्याङ्गमा गएको राती १२ बजे तिर आफ्नो पसल चोरी भएको थापाले कन्दरा न्युजलाइ जानकारी गराउनु भएको छ ।
उहाँले नास्ता पसलको नगत रु ३५००(पैतिस सय) सहित फ्रीजको ललिपप समेत खाइदिएको थापाले जानकारी गराउनु भयो ।
चोरको पहिचान भने हुन नसकेको थापाले बताउनु भयो ।


प्रकाशित : २०७७ असोज १५ गते ८:०७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology