पूर्वखोलामै विज्ञान संकायम पढाइ हुने

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ असोज १६ गते २१:२५

पूर्वी पाल्पाकै पूरानो र शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेलेको साथै उत्कृष्ट नतिजा प्रदान गर्दै गाएको पूर्वखोला -३ मा अवस्थित उद्बबुद्ध माध्यमिक विद्यालय मा गाउँका विद्यार्थी हरुलाइ टाढा जान पर्ने बाध्यता अब टरेकाे छ। अब यस विद्यालय मा भौतिक विज्ञान , रसाइन विज्ञान , जीव विज्ञान साविक विज्ञान संकायमा कक्षा ११ मा पढाइ सुरु हुने भएको छ ।

पूर्वखोला गाउँपालिकाको केन्द्र भागमा रहेको यस विद्यालयले विज्ञान संकायमा पढ्न इक्षुक विद्यालयहरुलाइ सहज रुपले पढ्न पाउने र आफ्नै घरबाट हिडेर पढ्न पाउने हुदा विद्यार्थी तथा विद्यार्थीका अभिभावकले खुसी व्यत्त गर्नु भएको छ । पूर्वखोला र यस क्षेत्रका विद्यार्थीहरुले सहज रुपले शिक्षा लिन पाउन भन्ने उदेश्यका साथ विज्ञान संकायमा कक्षा ११ बाट पढाइ सुरु गर्न लागेको विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले जानकारी गराउनु भयो । उहाले बिद्यालयको शिक्षक तथा आवश्यकता अनुसार नयाँ शिक्षक थप गरिने जानकारी गराउनु भयो ।

उद्ध्बुद्ध माध्यमिक बिद्यालयमा बालिविज्ञान तर्फ कक्षा ९-१२ सम्म नै पढाइ हुने हुदा शुद्ध विज्ञान संकाय तर्फ पनि विद्यार्थी तथा अभिभावक हरुको चाहानालाइ मध्यनजर गर्दै शुद्ध विज्ञान संकाय पढाइ संचालन गर्न लागेको उद्धबुद्द मा वि का शिक्षक सुशील न्यौपानेले जानकारी गराउनु भयो । उहाले छात्रबाँस को समेत विद्यालयमा व्यवस्थापन रहेकाले टाठा बाट अध्ययन गर्न आउने विद्यार्थी हरुलाइ सहज हुने वताउनु भयो ।पाल्पा जिल्लामा गाउपालिका स्तरमा साविक विज्ञान संकायमा पढाइ हुने पूर्वखोलाको उद्उद्ध मा वि पहिलो हो ।२०७७ को लागि भर्ना हुन विध्यार्थीलाइ विध्यालयले सुचना जारी गेरेको छ ।


प्रकाशित : २०७७ असोज १६ गते २१:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology