प्रदेश -५ को नाम लुम्बिनी राजधानी राप्ती उपत्यका भालुवाङ

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ असोज २० गते १७:००

असोज २० प्रदेश ५ को प्रदेश सभाले प्रदेशको स्थायी राजधानी भालुवाङ कायम भएको छ। प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको दुई तिहाइ मतबाट प्रस्ताव पारित भएको हो।
अब प्रदेशको ५ को राजधानी भालुवाङ हुनेछ। दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो।

प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो।

प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।

२०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि स्थायी राजधानी तोक्न सकेको हो।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटबललाई बनाएको थियो।

संविधानको धारा २८८ (२) मा प्रदेशको राजधानी प्रदेश सभाले तोक्ने व्यवस्था गरिएको छ। भनिएको छ- यस संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ।


प्रकाशित : २०७७ असोज २० गते १७:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology