पूर्वखोला गाउपालिकाले भन्यो : अति आवश्यक काम बाहेक छिमिके स्थानिय तह नजान

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ असोज २६ गते २३:३०

पूर्वखोला गाउँपालिकाले छिमेकी स्थानीय तहमा आवतजावत नगर्न गाउँपालिकाबासीमा आग्रह गरेको छ । छिमेकी स्थानीय तहहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या दिनानुदिन बढिरहेको भन्दै गाउँपालिकाले ती स्थानीय तहमा आवतजावत नगर्न आग्रह गरेको हो ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘कोरोना भाइरस जोखिम भएका स्थानीय तहहरुमा आवतजावत गर्दा यस गाउँपालिकामा पनि कोरोना भाइरस समुदायस्तरमा फैलिन सक्ने जोखिम उच्च भएको हुँदा अत्यावश्यक कामबाहेक उक्त स्थानीय तहहरुमा आवतजावत नगर्नुहुन तथा अत्यावश्यक काममा आवतजावत गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउनुहुन अनुरोध छ ।’

गाउँपालिका भएर जाने क्रममा घुलमिल नहुन समेत आग्रह गरिएको छ । अनुमति विना आवतजावत गरेको पाईएमा कारबाहीका लागि सिफारिस गरिने समेत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी गाउँपालिका सचेत रहँदै समुदायस्तरमा संक्रमण फैलिन नदिन अथक प्रयास गरिरहेको जनाएको छ ।
पूर्वखोला गाउपालिकामा अहिले सम्म समुदाय स्तरमा कोरोना नियन्त्रण गर्न सफल रहेको छ ।


प्रकाशित : २०७७ असोज २६ गते २३:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology