पूर्वखोलामा कोविड -१९ संक्रमित दर घट्दो रुपमा

Kandara News
प्रकाशित : २०७७ कार्तिक १५ गते १६:४८

पूर्वखोला गाउँपालिकाको संस्थागत आइसोलेसनमा बस्नुभएका १२ जनामा कोभिड -१९ को पि.सि.आर. फलो अप जाँच गर्दा पि.सि.आर. रिपोर्ट नेगेटिभ देखिएको पूर्वखोला स्वास्थ्य संयोजक मोहोन ढकाले जानकरी गराउनु भयो ।
नेगेटिभ देखिएकोलाइ एक हप्ता होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गरिएको संयोजक ढकालले जानकारी गराउनु भयो ।स अन्य पोजेटिभ केसको क्लोज कन्टयाकमा रहेका २७ जनाको कन्टयाक ट्रेसिंग गरी पिसिआर स्वाव सङ्कलन गरी पिसिआर जाँचको लागि कोभिड प्रयोगशालामा पठाइएकोमा २ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

पूर्वखोला गाउपालिकामा हाल १६ जनामा कोविड -१९ संक्रमण केश रहेको पूर्वखोला गाउपालिक स्वास्थ्य शाखाले जानकारी गराएको छ । कन्टयाक ट्रेसिंगमा रहेका कसैमा कोभिड-१९ को लक्षण देखिएमा पूर्वखोला गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरेको गाउँपालिकाले सुचना सार्वजनिक गरेको छ ।


प्रकाशित : २०७७ कार्तिक १५ गते १६:४८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology