बगनासकाली गाउँपालिका-२ पोखराथोक जनता प्रा.वि मा कन्ट्याक्टलेस धारा जडान

कन्दरा सम्वाददाता- संजय पहारी
प्रकाशित : २०७७ कार्तिक १८ गते १३:४७

पाल्पाको बगनासकाली गाउँपालिका-२ पोखराथोकमा रहेको बिष्णु मा.वि.मा कन्ट्याक्टलेस धारा जडान गरिएको छ।

बिद्यालयमा पठनपाठन क्रियाकलाप सन्चालनको समयलाई ध्यानमा राखी खुट्टाको प्रयोग गरि एक पटकमा सामाजिक दुरि कायम गरि बढीमा तीन जना बिद्यार्थीहरुले छुट्टाछुट्टै झाेल साबुन तथा पानीले हात धुन मिल्ने गरी धारा जडान गरिएको छ भने सोमबार बगनासकाली गाउँपालिका-२ पोखराथोकमा रहेको जनता प्रा.वि मा धारा जडान गरिएको थियो।

समाजिक श्रोत बिकास केन्द्र नेपाल र एक्सन एड नेपालको आर्थिक,प्राबिधिक सहयोगमा बगनासकाली १ र २ (चिर्तुङ्धारा र पोखराथोक)का २-२ बिद्यालय सहित पाल्पा जिल्लाको SRDCN नेपालले कार्य गर्दै आएको रैनादेबी गाउँपालिकाको शिद्देस्वर,भुवनपोखरि,रिब्दिकाेट गाउँपालिकाको ख्याहा,माथागढि गाउँपालिकाको कसेनि, तान्सेन नगरपालिकाकाे बाैवागुम्बाका २-२ बिद्याललय सहित जम्मा १४ वटा बिद्यालयहरुमा यस प्रकारको धारा तत्काल जडान गरिने भएकाे छ।

सस्थाले अहिलेसम्म ५ वटा बिद्यालयहरुमा धारा जडान सम्पन्न भइसकेको र १ हप्ता भित्र बाकी सबै बिद्यालयहरुमा धारा जडान गरि सक्ने SRDCN कार्यकारी निर्देशक चोपलाल गिरिले बताउनु भएको छ।

SRDCN नेपाल पाल्पाले सन २०१४ देखि जिबिकोपर्जन,महिला अधिकार,गुणस्तरिय सार्बजनिक शिक्षा,बिपत जस्ता क्षेत्रमा कार्यहरुगर्दै आईरहेको छ।


प्रकाशित : २०७७ कार्तिक १८ गते १३:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology