नेपाली श्रमिक लक्षित सचेतनात्मक कार्यक्रम कतारमा गरिदैं

Kandara News
प्रकाशित : २०७७ कार्तिक १९ गते १३:४१

दोहा । कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनि परिवर्तन गर्न पाइने नयाँ नियमको बारेमा एनआरएनए कतारले सचेतनात्मक कार्यक्रम गर्ने भएको छ । कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको बारेमा जानकारी गराउन संघले भर्चुअल माध्यमबाट सचेतनात्मक कार्यक्रमको आयोजना गरेको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले डिसी नेपाललाई जानकारी दिए।एनसीसी कतारको समन्वयमा आउँदो शुक्रबारको दिन दिउँसो १ बजेदेखि अनलाइनमार्फत (जुम भर्चुअल) सचेतनात्मक काआयोजना गरिएको उनले बताए ।

केही समयअघि कतारले श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो। कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो । नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएको छ । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् ।

यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदात परिवर्तन गर्न पाउने व्यवस्था पनि गरिएकाे छ।कतारमा करिव ४ लाखको हाराहारीमा नेपालीहरु कार्यरत छन् । नयाँ नियमको बारेमा जानकारी गराउन आयोजना गरिएको उक्त कार्यक्रम नेपाली श्रमिकका लागि निकै महत्वपूर्ण रहने एनआरएनए कतारले जनाएको छ ।

कार्यक्रममा कतारमा स्थापित नेपाली संघसंस्थाका प्रतिनिधिहरु, तथा कतारमा रहेका सम्पूर्ण नेपालीलाई सहभागीताको लागि संघले आह्वान गरेको छ।


प्रकाशित : २०७७ कार्तिक १९ गते १३:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology