माथागढीमा खानेपानी योजना स्तरिकरण कार्यक्रम सम्पन्न

सुमन गाहा
प्रकाशित : २०७७ कार्तिक १९ गते १५:२९

पाल्पा।पाल्पाको माथागढी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता (वास) योजना सम्बन्धी मोवाइल एप्लिकेशन मार्फत संकलन गरिएका तथ्याङ्क प्रस्तुति तथा खानेपानी योजना स्तरिकरण कार्यक्रम भएको छ । गाउँपालिकाको ४ नं. वडामा सो कार्यक्रम भएको हो । स्वच्छ खानेपानी तथा सरसफाईको उपलब्धता र यसको दिगो व्यवस्थापनका लागि वास योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडा अध्यक्ष मधु पराजुलीले बताउनुभयो । वास कार्यक्रमले आम नागरिकलाई खानेपानी तथा सरसफाईको पहुँचमा पुर्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ सोही अनुसार गाउँपालिकामा यो कार्यक्रम चलिरहेको छ । गाउँपालिका तथा वडा तहमा योजना तर्जुमा गर्दा समेत सहज हुने बताइएको छ । कार्यक्रममा वासका संयोजकले प्रशिक्षण दिनुभएको थियो ।


प्रकाशित : २०७७ कार्तिक १९ गते १५:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology