रामपुरको १ घरमा चोरी, अभियुक्तलाई प्रहरीले पक्राउ

Kandara News
प्रकाशित : २०७७ कार्तिक २१ गते २०:१७

पाल्पा,२१-कार्तिक। पाल्पाको रामपुर नगरपालिका-८ ढकालचौपारीको एक घरमा लुटपाट गरी नगद र गहना चोरी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय ६४ बर्षियमनकुमारी श्रेष्ठको घरबाट गत मंगलबार लुटपाट गरी नगद र गहना चोरी गर्ने २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको थियो भने पक्राउ पर्नेहरुमा चोरी हुने घरकै मनकुमारीकी ३५ वर्षीया बुहारी राममाया श्रेष्ठ र पूर्व नवलपरासी बौदीकाली गाउँपालिका ३ का ३० वर्षीय माधव पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

रामपुर नगरपालिका-५ मा बस्दै आएका नवलपरासीका पंगेनी र श्रेष्ठले मिलेमतोमा ३ लाख ५८ हजार र सुनका विभिन्न गहना चोरी गरेका थिए भने उनीहरु ति महिलालाई खुकुरी देखाएर कुटपिट गरी डर धम्की दिई बाकस र दराजमा रहेका नगद र सुनका गरगहना चोरी गरी भागेका थिए।

प्रहरीद्वारा अनुसन्धानको क्रममा उनीहरुलाई नगद र गहना लुकाई राखेको अवस्थामा पक्राउ गरेको थियो भने उनीहरुलाई डाका चोरी मुद्दामा पक्राउ गर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।


प्रकाशित : २०७७ कार्तिक २१ गते २०:१७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology