आजदेखी वर्तुङ–रिडि सडकखण्ड स्तरउन्नतिकोलागि दैनिक १३ घण्टा बन्द हुने

संजय पहारी
प्रकाशित : २०७७ कार्तिक २५ गते १०:४८

पाल्पा,२५-कार्तिक।
वर्तुङ–रिडि,तम्घास सडकखण्ड स्तरउन्नतिका लागी आजदेखि दैनिक १३ घण्टा बन्द हुनेभएको छ।

सडक डिभिजन कार्यालय पाल्पाले हार्थोक-मालमुल-जोर्ते खण्डको मोड कटान तथा सडक स्तर-उन्नतिको लागि आजदेखि २७ गतेसम्म र मंसिर २ गते देखि १३ गते सम्म सडक फरकफरक समयमा अवरुद्धहुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।

सडकमा डिभिजन कार्यालय पाल्पाले सुचना जारी गर्दै दैनिक विहान ३ बजे देखि ६ बजे सम्म, विहान ७ बजे देखि ९ बजे सम्म, दिउँसो १२ बजे देखि ४ बजे सम्म, साँझ ७ बजे देखि ८ बजे सम्म र साँझ ९ बजे देखि राती १२ बजे सम्म सडक बन्द रहने जानकारी गराएको छ।


प्रकाशित : २०७७ कार्तिक २५ गते १०:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology