उपभोता समितिको लागि योजना संचालन तथा व्यवस्थापन सम्बन्धि १ दिने तालिम पूर्वखोला -३ रिङ्नेरह मा सम्पन भएको छ ।

Kandara News
प्रकाशित : २०७७ कार्तिक २५ गते १८:०६

उपभोता समितिको लागि योजना संचालन तथा व्यवस्थापन सम्बन्धि १ दिने तालिम पूर्वखोला -३ रिङ्नेरह मा सम्पन भएको छ ।
पूर्वखोला गाउपालिकाको आयोजनामा पूर्वखोला गाउँपालिका वडा न -३ मा रहेको योजनाहरुको उपभोत्ता समितीलाई योजनाको प्रकृया , उपभोत्ता समितिको काम कर्तव्य र अधिकर , काम गर्ने पद्धती , योजना फरफारक सम्बन्धी संचालन भएको समापन कार्यक्रमका प्रमुख अथिती पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले उपभोत्ता समितिले निर्धक भएर पार्दशिक रुपले काम गर्न आग्रह गर्नु भयो । उहाले पालिकाको समृद्धिमा पालिकाभरिक व्यति हरु सबै एकजुट भएर अघिबड्नु पर्ने बताउनु भयो । समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले हरेक योजनामा महिलाको सहभागिता कागजी प्रकृयाम मात्र नभएर हरेक निर्णयमा समान सहभागिता जनाउन आग्रह गर्नु भयो ।
तालिम पश्चात् सहभागीको तर्फबाट उद्बुबुद्ध माविका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराई र सम्झना न्यौपानेले कार्यक्रम आयोजना गरेको गाउपालिकालाइ धन्यवाद दिदै तालिम बाट आफू हरु प्रस्ट भएको र सोही अनुरुप काम गर्ने बताउनु भयो । तालिमको सहजिकरण पूर्वखोला गाउपालिका योजना अधिकृत विनोद नेपाल , गाउँपलिका इन्जिनियर प्रमुख शिव शर्मा , गाउपालिका लेखापाल दिपक कवरले गर्नु भएको थियो । समापन कार्यक्रमको वडा न ३ वडा सचिव गोमा पाण्डेको संचालन र कार्यवाहक वडा अध्यक्ष हिरा बहादुर ढेगाको अध्यक्षतामा भएको थियो ।


प्रकाशित : २०७७ कार्तिक २५ गते १८:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology