समुदायमा आधारित नबजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रमको समीक्षा गोष्ठी पूर्वखोलाको देविनगरमा

भुवन सिंजाली (देविनगर )
प्रकाशित : २०७७ कार्तिक २५ गते २०:५८

समुदायमा अाधारित नवजात शिशु तथा बाल राेगकाे एकीकृत व्यवस्थापन (CB- IMNCI) कार्यक्रमकाे समिक्षा गाेष्ठि पुर्वखाेला गाउपालिका ४ नम्बर वडा कार्यालय देविनगरमा सम्पन्न भएको छ । ।पूर्वखाेला गाउपालिकाकाे अायाेजना र सुअाहारा बेस नेपालकाे प्राविधिक सहयोगमा सन्चालन भएको समिक्षा गाेष्ठिकाे उद्घाटनमा बाेल्दै पुर्वखाेला गाउपालिकाका प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले जुनसुकै कार्यक्रम गर्दा उद्देश्य लक्ष्य र परिणाम के अाउछ राम्रोसँग विश्लेषण गरे र मात्र तय गर्नु पर्नेमा जाेड दिदै स्वास्थ्य कर्मिले स्वास्थ्य क्षेत्रमा पुर्याएकाे याेगदानकाे प्रसङ्सा गर्दै अागामि दिनमा थप जिम्मेवार भएर लाग्न अनुरोध गर्नु भएको थियो ।उद्घाटन कार्यक्रम देविनगर वडाका वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हाे।

जिल्ला परिवार नियाेजन सुपरभाइजर निरिक्षक स्वास्थ्य कार्यालय पाल्पाका प्रभाश पन्थीले बाल बालिकामा हुने राेगहरुकाे पहिचान गरि उपचार गर्ने र बाल मृत्युु दर शुन्य बनाउने उद्देश्य माथि प्रकाश गर्नु भएको थियो ।कार्यक्रममा समाजकाे मुल्यमान्यता के छन् त्यस्ले बालबालिकामा पर्ने असर के के हुन । पहिले र अहिले बालबालिकाकाे मृत्युुदरकाे अवस्था कस्तो छ,याे कार्यक्रम लागू भए पछि समाजमा भएका परिवर्तन स्वास्थ्य कर्मचारीले गर्नु पर्ने कामको बारेमा सुअाहारा फिल्ड सम्याेजक दिनेश घिमिरेले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा पालिका भित्रका सबै स्वास्थ्य चाैकिका प्रमुख अनमि गरि २० जनाको सहभागीता रहेको थियो । त्यही कार्यक्रममा तिनाउ गाउपालिकाबाट ३ महिना अगाडि सरुवा भएर अाउनु भएका प्रशासकीय प्रमुख ज्ञानु प्रसाद पनेरुलाइ देविनगर वडामा फुलमालाले स्वागत गरेको थियो ।


प्रकाशित : २०७७ कार्तिक २५ गते २०:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology