माथागढीमा घरधुरी सर्वेक्षणको समिक्षा तथा प्रस्तुतीकरण

Kandara News
प्रकाशित : २०७७ कार्तिक २६ गते २०:१६

२७ कार्तिक , माथागढी गाउँपालिकाकाे अायाेजना र खानेपानी सरसफाइ तथा स्वच्छता बाँस याेजना माेबाइल एप्लिकेसन मार्फत संकलन गरिएका तथ्यांक प्रस्तुति तथा खानेपानी याेजना कार्यक्रम काे समन्वयमा खानेपानी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रशिक्षण गर्दै बाँस कार्यक्रम प्रमुख गाेविन्द पाेखरेल ले माथागढी गाउँपालिका भित्रका ८ वटा वडाका सम्पूर्ण घरधुरी साथै खानेपानी याेजनाहरुकाे सर्वेक्षण गणक साथीहरूले गर्नु भएको थियो । जसमध्ये अहिले गाउँपालिका भरिमा ५३ सय ८ घर रहेका छन् भने ३० हजार ३ सय ८० जनसंख्या रहेकाे छ । भनी तथ्यांक प्रस्तुति गर्नु भएको थियो ।साथै उपभोक्ताले उपभाेग गरेको धेरै जसाे मुलकाे पानी परिक्षण गर्दा फाेहाेर समेत देखिएको र मुल सरसफाइमा ध्यान दिनुपर्ने जानकारी समेत गराउनु भएको छ । माथागढी गाउँपालिका भित्र भाैगाेलिक विकटता भएको कारण धेरै ठाउँका समुदायमा खानेपानी पुग्न नसकेको तथ्यांक सार्वजनिक गरिएको थियो । कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष सन्तोष थापाले खानेपानीकाे पहुँचकाे लागि निकै प्रयास गरिएता पनि भाैगाेलिक विकटता कारण सबैको पहुँचमा पानी पुग्न नसकि जनताले पाएकाे दुख मैले पाए जस्तै हाे थापाका अनुसार यस समस्यालाई समाधान गर्न पालिका देखि प्रदेश सम्म याेजनालाई प्राथमिकतामा पारी पठाउने प्रतिबद्धता गर्नु भएको छ । साथै यसै वैठककाे निर्णय अनुसार सबै वडाका खानेपानी याेजना प्रदेश सरकारमा पठाउने निर्णय समेत गरिएको भन्दै जानकारी गराउनु भएको छ । त्यसै गरि कार्यक्रममा बाेल्दै कार्यकारी अधिकृत राजु नेपालले गणकले घरधुरी सर्वेक्षण तथा खानेपानी सर्वेक्षण गरिसके पछि उपभोक्ताले उपभाेग गरेको पानी कति खान याेग्य रहेछ भन्ने थाहा भएको र अशुद्ध ठहर भएको पानीको तत्कालै सरसफाइ गर्नका लागि वडा हरुबाट पहल सुरु गर्न समेत अाग्रह गर्नु भएको छ। कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष मधु पराजुलीले यस बाँस कार्यक्रमले खानेपानी सम्बन्धित बस्तीस्तर बाटै याेजना अाएकाे हुदा सबैको पहुँचमा याेजना पुगेको र यसरी छनाेट भएको याेजनाले समुदायकाे मुहार फेर्ने कुरामा दुईमत नरहेको भन्दै गणक संकलक हरुलाई अाफुहरुले धेरै मिहिनेत गरि तथ्यांक संकलन गरि पालिकाकाे यथार्थ सत्यतथ्य तथ्यांक सार्वजनिक गरेकोमा विशेष धन्यवाद दिनु भएको थियो । साथै कार्यक्रम सम्पूर्ण वडाका वडा अध्यक्ष ,जनप्रतिनिधि, कर्मचारीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे।


प्रकाशित : २०७७ कार्तिक २६ गते २०:१६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology