माथागढी गाउँपालिकामा कोभिड-१९ अस्थायी अस्पताल संचालनमा

कन्दरा सम्वाददाता ,संजय पहारी
प्रकाशित : २०७७ कार्तिक २८ गते ८:३०

 

जिल्लाको माथागढी गाउँपालिकामा कोरोना ( कोभिड-१९) अस्थायी अस्पताल संचालनमा आएको छ।

विश्वभरी नै फैलिएको कोरोनाको महामारीले हरेक मुलुकलाई अधिकांश क्षेत्रमा कमजोर बनाइरहेको अवस्थामा अझ संवेदनशील मानव स्वास्थ्यलाई पूर्णत कमजोर बनाएको छ, यसै सन्दर्भमा यससँग जुध्न विभिन्न माध्यम अपनाउनु पर्ने भएकोले सोही अनुसार पाल्पा जिल्लाको माथागढी गाउँपालिका भौगोलिक हिसाबले धेरै जसो स्थान ग्रामीण इलाकामा परेकोले अस्पतालसम्म पुग्ने समय अधिक लाग्ने र अस्पतालमा पनि अधिकांश वेड प्रयोगमा रहेकोले गाउँपालिकाले गाउँपालिकामा नै अस्थायी कोभिड-१९ अस्पताल संचालन गरेको जानकारी माथागढी गाउँपालिकाका स्वास्थ्य प्रमुख केशव जि.सी.ले दिनुभयो ।

यस्तै गरि प्रमुख विषय भनेकै मानव स्वास्थ्य भएकोले पहिलो प्राथमिकता विकास निर्माणका कार्य भन्दा कोरोनाको जोखिम न्यूनीकरण गरि मानव स्वास्थ्यको जीवनस्तरमा सुधार ल्याउनु रहेकोले आफूहरूको मुख्य ध्यान कोरोनाले मानव स्वास्थ्यमा पार्ने असरलाई न्यूनीकरण गर्नमा निरन्तर रहने र गाउँपालिकाका जनताहरुलाई आफ्नै गाउँपालिका भित्र कोरोनासँग सम्बन्धित स्वास्थ्य सुविधा र उपचार गर्ने रहेको बताउनुहुन्छ- माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापा।

थापा भन्नुहुन्छ- अस्पताल संचालनमा आइसकेको छ, बाँकी व्यवस्थापन कार्यहरू पनि स्वास्थ्यकर्मीहरुसँगको आवश्यक अन्तरक्रियासँगै पूर्ती गर्दै लैजाने छौ।


प्रकाशित : २०७७ कार्तिक २८ गते ८:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology