पाल्पामा ९ दिन देखि व्यपत्ता रहेका ४७ बर्षे पूरुष गिजनडाडा भिरमा मृत फेला परेका छन

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ कार्तिक २८ गते १६:०८

पूर्वखोला -२ जल्पामा ४७ बर्षे एक पुरुषको सव फेला परेको छ ।

पूर्वखोला -२ जल्पा मैदान बस्ने ४७ बर्षे केहेर सिं दर्लामिको शव जल्पा मैदानको गिजनडाडा भिरमा शव भेटिएको वडा न २ को वडा अध्यक्ष नीर बहादुर सारुले जनाकारी गराउनु भयो । उहाँ ९ दिन अगाडि देखि हराइरहेको र हराय लगतै खोजी कार्यभएता पनि कार्तिक २८ गते मृत अवस्थामा फेला पारेको वडा अध्यक्ष सारुले वताउनु भयो ।
मृतक दर्लामी सामान्य डकर्मी काम गर्दै घरपरिवार चलाउने गर्ने स्थानिएले जानकारी गराए । घटना स्थलमा पूर्वखोला प्रहरी पुगेर घटनाको मुजुला उठाइ पोस्ट मार्टमको लागि जिल्ला लगिएको इलाका प्रहरी कार्यालय पूर्वखोलाले जानकारी गरायको छ । दर्लामिको लोटेर मृत्यु भएको हुन सस्क्ने बताइएको छ । शव बाटो बाट करिव २०० मिटर तल फेला परेको इलाका प्रहरी कार्यालय पूर्वखोला प्रमुख प्रकाश पसाइले बताउनु भयो । मृत शरीर सडेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ कार्तिक २८ गते १६:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology