मित्यालमा पहिलोपटक बिजुली बल्यो ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ कार्तिक २९ गते २३:२५

मित्याल,पाल्पा
कार्तिक २९
निस्दी गाउँपालिकाको केन्द्र मित्यालमा आज राष्ट्रिय प्रसारण लाइनको विद्युत बलेको छ।
कोभिड १९ कोरोना महामारीको बीच पनि प्राविधिकहरुको निरन्तर प्रयासले मित्यालको रुक्सेभन्ज्याङमा बिजुली बल्न सफल भएको लालीगुँरास सामुदायिक विधुतिकरण उपभोक्ता समिति निस्दीका अध्यक्ष दुर्गा बहादुर सोमइले बताउनुभयो । निस्दी बासीले बिजुलीको लागि करिब १२ वर्ष अगाडि पैसा बुझाए पनि अझैसम्म सबै गाउँमा बत्ती पुर्याउन नसकेको पटक पटकपटकको गुनासो आइरहेको थियोे । निस्दी गाउँपालिका भरि यसै वर्ष भित्र बत्ती बल्ने योजना रहेको पनि अध्यक्ष सोमइले बताउनुभयो । हाल यस क्षेत्रमा ११ केभीको राष्ट्रिय प्रसारण लाइनबाट विद्युत बिस्तार हुँदै आएको र छिट्टै नै ३३ केभीको सामुदायिक विद्युतीकरणबाट लाइन प्रसारण गर्न सबै निकायसँग समन्वय गर्ने काम भइरहेको निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । धेरै वर्षपछि बिजुली बाल्न पाएकोमा स्थानीयहरु हौसिएको समाजसेवी सन्तविर सुनारीले बताउनुभयो ।
स्मरण रहोस,विद्युत विस्तारका लागि भन्दै वर्षौं अगाडी निस्दीबासीले प्रत्येक घरधुरीबाट पैसा उठाएकोमा अझैसम्म पनि अँध्यारोमै बस्नु परेको भन्दै निस्दीका युवाहरुले सामाजिक सञ्जालमा उज्यालो निस्दी अभियान कार्यक्रम सञ्चालन गरिहेका छन ।


प्रकाशित : २०७७ कार्तिक २९ गते २३:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology