कर्मचारी नियुक्ति विवादमा महिलामाथि हातपात

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ मंसिर ३ गते १९:३६

रामपुर नगरपालिका -९ जब्गादीमा रहेको नेपाल टेलिकम टावरमा कर्मचारी नियुक्तिको विषयमा भएको विवादमा कुटा कुट भएको छ ।
विगतदेखि नियुक्त भई काम गर्दै आइरहेको व्यक्तिलाई अचानक हटाई राजनैतिक स्वार्थका आधारमा नयाँ कर्मचारी नियुक्ति गरिएको भन्दै विरोध भएपछि आज नेपाल टेलिकमका प्रतिनिधिसहितको छलफल राखिएको थियोे ।नियुक्ति प्रकृयाको विषयमा छलफल हुँदै गर्दा विवाद बढेपछि दुई पक्ष बिच हात हालाहाल हुँदा रामपुर नगरपालिका -९ बस्ने एक महिलालाई निस्दी सातदोबाटो घर भएका करिव ३० बर्षे एक पुरुषले हातपात गरेको पिडित पक्षले जानकारी गराएका छन । हातपातका कारण उक्त महिलाको नाकमा घाउ लाग्नुका साथै,चस्मा फुटेको छ भने नाकको ,फुली हराएको समेत घटनाको प्रत्यक्ष दर्शी एक व्यत्तिले बताउनुभएको छ । उक्त घटनाको विषयलाई लिएर पिडितपक्ष कानुनी प्रकृयामा जाने तयारी भईरहेको बताईएको छ ।


प्रकाशित : २०७७ मंसिर ३ गते १९:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology