देउसीभैलोको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई

अमृत काम्मु मगर
प्रकाशित : २०७७ मंसिर ७ गते १४:२२

मंसिर ७,जल्पा
पाल्पाको पूर्वखोला-२,जल्पा ढोलिमाराका युवाहरुले देउसीभैलो खेली जम्मा गरेको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन ।
‌ती युवाहरुले तिहारको अवसरमा स्वास्थ सुरक्षाका मापदण्ड अपनाई सिमित टोलभित्र देउसी-भैलो खेली संकलित रकम मध्ये ५ हजार रुपैयाँ आन्तरिक कोषमा राखि बाँकी रु.१०हजार ३९ रुपैयाँ नेपाली वेैज्ञानिक महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको हुन ।

सोही कार्यक्रममा दानस्वरुप प्राप्त भएका चामल भने स्थानिय विपन्न नागरिक लिम बहादुर बराललाई प्रदान गरिएको सहभागी मध्येका एक जना जानकी कवरले बताउनुभएको छ। सो देउसी-भैलो कार्यक्रममा कविता कवर,गंगा बारघरे,गंगा कवर,खुमीसरा बराल,केशरजंग सारु,दिलिप घर्ती,मदन कवर,इन्जन ठाडा,दिपक कवर,अविनाश आले लगायत १२ जना युवाहरूको सहभागिता रहेको थियोे । युवाहरुको यस्तो सह्रानीय कार्यको निकै प्रसंशा भईरहेको छ ।


प्रकाशित : २०७७ मंसिर ७ गते १४:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology