बगनासकाली गाउँपालिकाद्वारा सोमबारदेखि विद्यालय संचालन गर्ने निर्णय।

संजय पहारी
प्रकाशित : २०७७ मंसिर ७ गते २१:५२

पाल्पाको बगनासकाली गाउँपालिकाले मंसिर-८ (सोमबार)देखि गाउँपालिका भित्रका बिद्यालय संचालन गर्ने निर्णय गरेको छ।गाउँपालिकाको शिक्षा समितिको आईतबार बसेको बैठकले नियमित रुपमा सोमबारदेखि विद्यालय संचालन गर्ने निर्णय गरेको छ। कोरोनाका भाइरस(कोभिड-१९)ले गर्दा लामोसमयसम्म बिद्यालय बन्द रहँदा बिद्यार्थीहरुको पठनपाठनमा धेरै प्रभाव परेको भन्दै गाउँपालिकाले बिद्यालय संचालन गर्ने निर्णय गरेको छ।विद्यालय संचालन सम्बन्धि कार्यढाँचा २०७७ अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय संचालन गर्ने निर्णय भएको बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो।त्यसैगरी,विद्यालयको स्वास्थ्य मापदण्ड पालना भए वा नभएको वडाका जनप्रतिनिध राजनितिक दलहरु तथा शैक्षिक सरोकारवालाहरुबाट गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिनुभयो।


प्रकाशित : २०७७ मंसिर ७ गते २१:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology