माथागढीमा मंसिर १० गते देखि सबै विद्यालयमा कक्षा संचालन हुने

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ मंसिर ९ गते ७:२२

पाल्पाको माथागढी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरु बुधबार देखि संचालन हुने भएका छन

कोरोना महामारीका कारण विद्यालयहरुमा हुने सिकाई क्रियाकलापमा ठूलो प्रभाव परेको निचोड निकाल्दै गाउँपालिकाले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय संचालनको निर्णय गरेको छ।

गाउँपालिकाको गाँउ शिक्षा समितिको सोमबारको निर्णयानुसार विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने निर्णय गरेको हो।

विद्यालय संचालन सम्बन्धि कार्यढाँचा २०७७ मा भएको अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालयमा हुने सिकाई क्रियाकलापलाई सुचारु गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले बताउनुभयो ।
विधालय संचालन गर्दा विधार्थी सख्याका आधारमा सबै विधार्थी एकै पटक वा सिफ्ट अनुसार वा अन्य कुन विधिबाट विधालय सञ्चालन गर्न सकिने हो सो कुरा विद्यालय व्यवस्थापन समितिलबाट निर्णय गर्दा सोको व्यहोरा वडा कार्यलय र गाँउपालिकाको कार्यलयमा पेश गर्नुपर्ने छ । विद्यालय संचालन गर्दा अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने र एक अर्को बिच दुरी कायम गर्ने व्यवस्था मिलाउनु पर्नेछ । सवारी साधन सञ्चालन गर्न चाहने विधालयले स्वास्थ्य सुरक्षाका सम्पुर्ण आधारभुत मापदण्डहरू अनिवार्य पालना गरी विधार्थी ल्याउने लैजाने व्यवस्था मिलाउनु पर्ने छ।

सम्भव भए सम्म खाजा नास्ता घरबाट ल्याउन प्रेरित गर्ने र खाजा बाँडेर खाने प्रवृत्ति पुर्ण रूपमा निरूत्साहन गर्ने व्यवस्था मिलाउनु पर्ने छ।त्यस्तै, रुघा, खोकी, ज्वरो आदिका लक्षण देखिएमा साथै घरमा कसैलाई कोरोना पोजेटिभ भएमा त्यस्ता बालबालिकालाई सुरक्षित रूपमा विद्यालयमा नआई घरमै बस्ने व्यवस्था मिलाउनु पर्ने छ।

पठनपाठन बाहेक अन्य क्रियाकलाप हाललाई नगर्ने व्यवस्था मिलाउनु पर्ने छ।विधालय सञ्चालन गर्दा कोभिड १९को संक्रमण फैलने स्थिति देखिएमा सम्बन्धित निकायमा जानकारी गराई आवश्यक निर्णय लिई विधालय बन्द गर्ने भन्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित : २०७७ मंसिर ९ गते ७:२२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology