टेलिचलचित्र ” भाग्यमानी ” को सुभारम्भ

मायाँ बस्याल
प्रकाशित : २०७७ मंसिर १० गते १९:१९

मंसिर, १० ,गते
भाग्यमानी लघु टेलिचलचित्रकाे शुभारम्भ कार्यक्रम कसेनी सराइकाे शिव मन्दिरबाट पुजा गरि गरिएको छ ।

कथा लेखन तथा निर्देशक लाेकेन्द्र थापाले यश चलचित्र बनाउनुकाे मुख्य उद्देश्य समूदायमा वर्तमान अवस्थामा फैलिएको बिक्रिति र विसङ्गतीलाई हटाउनका लागि बालिका शिक्षा लाई महत्त्व दिनु पर्छ भनी उदेश्य सहित उक्त चलचित्र निर्माण गर्न लागिएको कुरा बताउनु भयो ।

चलचित्रको शुभारम्भ मा बाेल्दै वडा अध्यक्ष दिपक थापाले यस चलचित्रले हाम्रो समाज बदलन महत्त्वपूर्ण भूमिका खेल्ने साथै समाजमा हुने बालविवाह , लागुपदार्थ दुर्वेसनले समाजमा निकै विक्रति फैलिएकोले यस चलचित्रले सबै मा सकारात्मक साेचकाे विकास हुने बताउनु भयो । शुभारम्भ कार्यक्रम अथिती तथा चलचित्र परिकल्पना र संयाेजक कृष्ण थापाले कार्यक्रममा बाेल्दै बालविवाह हटाउने र बालिका शिक्षा काे महत्त्वपूर्ण भूमिका समाजमा रहेको हुदा ,रिड नेपाल र कर्मठ बालिका परियोजना संस्था काे अार्थिक सहयोगमा याे चलचित्र निर्माण गर्न लागिएको साथै बालविवाह हुनुका कारण, यसले पार्ने प्रभाव,स्वास्थ्य सम्बन्धि अाउने समस्या ,बालिकाले शिक्षा पाए भनी समाजमा गर्न सक्ने रुपान्तरण , लागूपदार्थ दूर्वेषनले समाजमा पार्ने असर जस्ता विषयबस्तु समेटि तयार गर्न लागिएकोले समाजकाे मुहार फेर्ने मा अाफु पूर्ण अाशावादी भएको साथै याे चलचित्र निर्माण पछि निशुल्क रुपमा पाल्पा जिल्ला र अन्य जिल्लाका सबै विद्यालयमा चलचित्र देखाउने कुरा समेत जानकारी गराउनु भयो । चलचित्र का प्राविधिक प्रमुख दिपक श्रेष्ठ ले याे चलचित्रमा समग्र बालबालिकाकाे विचार समेटिएको हुदा यसले समाज परिवर्तन हुने र याे परिवर्तनकाे वाहक पनि बन्ने कुरा बताउनु भयो ।

चलचित्रमा दिव्य मा वि का प्र अ पनि देखिनु हुने छ उहाले शुभराम्भ प्र अ नारायण प्रसाद अधिकारीले कार्यक्रम मा बाेल्दै बालविवाह राेक्नका लागि धेरै अभियान चालिएको भए ता पनि बालविवाह राेक्न नसकि धेरै समस्या काे सामना गर्नु परेको मा यस्तो लघु चलचित्र ले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । विद्यालय अाउने बालिकाहरु विद्यालय छाड्ने तथा सानै उमेरमा विवाह गर्ने र बिवाह पछि बच्चा समेत जन्माउने साथै बच्चा र अामा दुवैमा शारीरिक , मानसिक जस्ता समस्याको समाधान गर्नु पर्ने र उमेर नपुग्दै विवाह गर्दा बच्चाको जन्म दर्ता नहुने र यसकारण बालबालिका धेरै सेवासुविधाबाट समेत बन्चित हुनु परेको छ। यस्ता धेरै समस्या बुझि बालबालिकालाई विद्यालय नपठाउने अभिभावक पनि हुनुहुन्छ । प्र अ भन्नू हुन्छ यी समस्या समाधान गर्न घरदैलो गर्दा समेत केही सीप लागेन र याे चलचित्र हेरेर धेरै बालबालिकाकाे साेचमा सकारात्मक परिवर्तन हुने छ । समाज परिवर्तन गर्न समेत सहयोग मिल्ने छ भन्दै अाफ्नाे साथ र सर्पाेट सधैं रहने प्रतिबद्धता गर्नु भएको छ ।


प्रकाशित : २०७७ मंसिर १० गते १९:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology