गाउँपालिका अध्यक्ष द्धारा अर्खलडाडा खानेपानीको शिलान्यास

छविलाल पंगेनी
प्रकाशित : २०७७ मंसिर ११ गते १७:११

बाराही खानेपानी ( अर्खलडाडा)पूर्वखोला गाउँपालिका पुर्वखोला -३ पाल्पाको सिलन्यास भएको छ।गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले खानेपानी डिभिजन प्राविधिक शोभाखर अधिकारी सहित बराही खानेपानीको मुहानमा सिलन्यास गर्नुभएको हो।
गाउँ पालिकाको एक घर एक धारा अभियान अन्तरगत सन्चालित यस कार्यक्रम वडा नं -३ अर्खलडांडाका करिब ५५ घर धुरिलाई समेट्ने जिल्ला खानेपानी डिभिजन प्राबिधिक शोभाखर अधिकारीले बताउनु भयो। लामो समयसम्म खानेपानीको समस्या झेलिरहेका यस भेगका उपभोक्ताहरु घरमै धारा आउने भएपछि खुशी देखिएका छन् ।


प्रकाशित : २०७७ मंसिर ११ गते १७:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology