लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान माथागढीको झडेवा बाट सुरु

मायाँ बस्याल
प्रकाशित : २०७७ मंसिर १७ गते ८:१६

१६ मंसिर ,
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम माथागढी गाउँपालिकाले माथागढी ४ झडेवा देउगिर बाट सुरु गरेको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले पालिकामा कम्तीमा पनि १ हप्तामा २/३ वटा हिंसाका घटनाहरु दर्ता भएका हुन्छन् कतिपय लाई पालिकाबाटै समस्या समाधान गरिन्छ भने जटिल केसहरुलाई जिल्लामा रिफर पनि गर्ने गरेको बताउनु भयो । कार्यक्रममा सहभागीहरुलाई हिंसा सहेर नबस्न अाग्रह गर्दै समस्या परेमा पालिकाकाे न्यायिक समितिलाई जानकारी गराउनुहुन अाग्रह समेत गर्नु भएको थियोे । कार्यक्रमका प्रमुख अतिथि तथा सामाजिक बुद्धिजीवी व्यक्तित्व बालकृष्ण जि सि ले पनि हिंसा सहनु नहुने साथै हिंसा भएको थाहा पाएमा सम्बन्धित निकायलाई जानकारी गराएमा समाजमा हुने हिंसाका घटना निर्मूल हुने भन्दै समाज परिवर्तनमा टेवा पुग्ने कुरा पनि बताउनु भएको थियो । माथागढी प्रहरी प्रमुख हरिप्रसाद अर्यालले कार्यक्रममा बाेल्दै समाजमा धेरै हिंसाका घटना हुने तर ती घटना बाहिर नअाउने हुदा समाजमा अप्रिय घटना बढी घट्ने गरेका छन् त्यसैले यस्ता अप्रिय घटना घट्न नदिन सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । कार्यपालिका सदस्य तारा रसाइली र मनुमाया गाहाले पनि महिला हिंसा हटाउन अाफ्नाे घर बाटै सुरु गर्नु पर्ने र सबैको उद्देश्य एउटै भएमा हिंसा समाजबाट नै निर्मूल हुने बताउनु भयो । कार्यक्रममा सहभागी महिला अगुवाहरुले पनि समाजमा हिंसात्मक हुन्छन् तर समाजदेखि बाहिर नअाउदा समाजमा नै हिंसा नभएको अाभास हुन्छ तर हिंसा भने समाजमा जराे गाडेर बसेकाे कुरामा सबैले एैक्यवद्वता जनाउनु भएको थियो । कार्यक्रममा सबै सहभागी ले ” म हिंसा गर्दिन , सहन्न, देखेको हिंसामा प्रतिकार गर्छु भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गर्नु भएको छ । कार्यक्रम कार्यपालिका सदस्य सावित्रा पन्थीकाे स्वागत मन्तव्य उपाध्यक्ष निर्मला भट्टराईको अध्यक्षता चलेको थियोे भने ४ नम्बर वडाका वडा सचिव
दिलमाया पुनले सञ्चालन गर्नु भएको थियोे । यो अभियान पालिका भरिनै संचालन हुने छ ।


प्रकाशित : २०७७ मंसिर १७ गते ८:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology