माथागढीमा पुर्ण अपांग नागरिकहरुलाई कम्मल वितरण

माया बस्याल
प्रकाशित : २०७७ मंसिर १८ गते १५:१८

मंसिर १८,झडेवा
अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारेर माथागढी गाउँपालिकाले शारीरिक रुपमा पूर्ण अशक्त नागरिकहरुलाई कम्मल वितरण गरेको छ । मागमा आधारित अपांगता लक्षितवर्ग कार्यक्रम अन्तरगत कम्मल वितरण गरिएको गाउँपालिका उपाध्यक्ष तथा महिला तथा बालबालिका संयोजक निर्मला भट्टराईले बताउनुभयो । आज आयोजित पुर्ण अपांग भएकाहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा माथागढी गाउँपालिका अन्तर्गत ८ वटै वडाभित्र बसाेवास गर्ने ६८ जना पुर्ण अपांग नागरिकहरुलाई कम्मल वितरण गरिएको छ । चिसाे बढेसंगै परिवारमा आश्रित पुर्ण अपांग नागरिकहरुलाई राहत स्वरुप याे कार्यक्रम अगाडी बढाइएको उपाध्यक्ष भट्टराईले जानकारी गराउनुभयो ।


प्रकाशित : २०७७ मंसिर १८ गते १५:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology