लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हेक्लङ्गमा सम्पन्न

भरत सिंजाली
प्रकाशित : २०७७ मंसिर १८ गते २०:४५

पूर्वखोला गाउँपालिका पाल्पाले लैगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम पालिकाको सबै वडाहरुमा मनाउदै आएको छ । मंसिर ११ गतेवाट सुरुगरेको कार्यक्रम मंसिर १८ गते पूर्वखोला गाउापालिका ६ हेक्लाङ्ममा सम्पन भएको छ । लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यत्ति ,समाज र सबैको एक्यवद्धता भन्ने नारा साथ हिंसा नगर्ने र हिसां नसहने र हिंसा हुन नदिने प्रतिबद्धता गरेको छ ।
पूर्वखोला गाउँपालिका ६ हेक्लाङ्मा भएको कार्यक्रमका प्रसूख अथिती गाउँपालिका उपाध्यक्ष तथा न्यायिक संमिति पालिका संयोजक भागरथी भट्रराईले कसैले पनि कुनै पनि हिंसा नगर्न, नसहन र हुननदिन सबै एक्यबद्धता हुनुपर्ने बताउनु भयो । उहाले त्यस्ता घटना भैहालेमा न्यायीक समितीमा जानकारी गराउन समेत आग्रह गर्नु भयो । कार्यक्रममा पूर्वखोला गाउँ कार्यपालिका सदस्य तिलकसमारी घर्ती ,वडा सदस्य शान्ति सरा वि.क. ,हेक्लाङ् स्वास्थ्य चौकि प्रमुख अमृत विक्रम श्रेष्ठ , जन पृर्य मा.वि हेक्लाङ्का प्र.अ. बावुराम घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सुआराका पूर्वखोला सुपरभाईजर सागर हिस्कीले पोषण सम्बन्धि सहजिकरण गर्नु भएकको थियो । कार्यक्रम हेक्लाङ् वडा अध्यक्ष मन वहादुर सारुको अध्यक्षतामा कान्ति सरा चुडालको संचालनमा भएकको थियो ।


प्रकाशित : २०७७ मंसिर १८ गते २०:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology