रम्भा मा विद्यार्थी संग करेसाबारी कार्यक्रम लागु

सुरेस देवकोटा
प्रकाशित : २०७७ मंसिर १९ गते २०:५९

रम्भा गाउपालिकामा विद्यार्थी हरूलाई आफुलाई आवस्यकता पर्ने कुरा हरूमा आफै आत्मनिर्भर हुनुपर्छ भन्ने भावना जगाउने उद्देश्यका साथ गाउँपालिका भित्र का सामुदायिक विद्यालयमा “विद्यार्थी संग करेसाबारी” कार्यक्रम लागू गरिएको छ ।
याे कार्यक्रम काे बारेमा बताउदै गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी ले बिद्यार्थीलाई आफै उत्पादन गरेर खानु पर्छ भन्ने भावना सगै श्रम प्रतिको सम्मान झल्काउन तथा अविभावकलाई सघाउन भन्ने उद्देश्य रहेको बताउनु भयाे ।
रम्भा गाउँपालिकाको अभियान बिद्यार्थी संग करेसाबारी कार्यक्रममा १६ वटा सामुदायिक बिधालयको २११४ जना कक्षा ६-१२सम्मका बिद्यार्थीहरुलाई विभिन्न तरकारी का बिउ बिजन वितरण गरिएकाे थियाे । कार्यक्रम मा शिक्षा शाखा अधिकृत मिना देवि आचार्य ले कार्यक्रमको प्रभाबकारितालाई गाउपालिका शिक्षा शाखा र बिधालयले अनुगमन निरीक्षण गर्ने साथै बिद्यार्थीले घरमा करेसाबारीमा उत्पादन गरेबापत पेसा व्यवसाय र प्रविधि विषयकाे प्राक्टिकल नम्बर पाउने व्यवस्था रहने बताउनु भयाे ।
हाल विभिन्न जातका ८ प्रकारका तरकारीको बीउविजन र त्यसकाे लागि आवस्यक पर्ने विषादिहरू संग संगै अावश्यक विउ तयारी जग्गा छनोट उमार्ने तरिका पाठ्यत्रममा भए अनुसार गर्न निर्देशन दिएको प्राकृतिक आधारभुत विद्यालयका प्र अ छन्द प्रसाद वस्याल ले बताउनु भयो । बिउ विजन पाए पछि विद्यार्थीहरूमा खुसियाली छाएको साथै पाठ्यक्रममा भएको विषयवस्तु व्यवहारिक प्रयोग गर्न पाउदा अत्यन्तै खुसि लागेको विद्यार्थीहरूले वताए ।


प्रकाशित : २०७७ मंसिर १९ गते २०:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology