निस्दिमा १ घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति।

Kandara News
प्रकाशित : २०७७ मंसिर २० गते २१:००

पाल्पा,२०-मंसिर।
पाल्पाको निस्दी गाउँपालिका-१ राहुबनको एक घरमा आगोलागी हुँदा ७ लाख बराबरको भौतिक क्षति भएको छ।

शुक्रबार राती स्थानीय हुमबहादुर भण्डारीको १ तले खरले छाएको कच्ची घरमा अचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हुम बहादुर भण्डारीको घरमा रहेका अन्नपात,लत्ताकपडा र गहरगहना सबै जलेर नस्ट भएको छ भने आगोलागीबाट मानविय तथा पशुचौपायाको भने क्षति नभएको र स्थानीयले पूर्ण रुपमा आगो नियन्त्रणमा लिएका छ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।


प्रकाशित : २०७७ मंसिर २० गते २१:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology