मृगौला पिडित जस्मिन ढेंगाको लागि सहयोग अपिल

अमृत काम्मु मगर
प्रकाशित : २०७७ मंसिर २३ गते १८:३८

पाल्पा,लाबेबजार

मंसिर २३

पूर्वखोला-५,वीरकोट,स्याफतकि मृगौला पिडित जस्मिन ढेंगाको जीवनरक्षाका लागि सहयोग अपिल गरिएको छ ।
पुर्वखोला-२,जल्पाको बर्मुमा माइत भएकी २६ वर्षिय जस्मिनको दुवै मृगौलाले काम गर्न छाडेपछि विगत डेढ वर्ष देखि डायलाइसिस गराइरहनुभएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा हप्ताको दुईपटक डायलाइसिस गराइरहनुभएका ढेंगाको मृगौला प्रत्यारोपण गर्ने तयारी भइरहेकोले सहयोगको याचना गरिएको हो । मृगौला प्रत्यारोपणका लागि २०-२५ लाखसम्म खर्च लाग्ने तर आर्थिक स्रोतहरु नभएकोले सम्पुर्ण सहयोगीहरुसंग आर्थिक सहयोगको आह्वान गरिएको छ । हाल पुर्वखोला-३,रिङ्नेरह,विर्ताबजारमा बस्दै आउनुभएकी ढेंगाको एक छोरी पनि हुनुहुन्छ । उहाँलाई सहयोग गर्न हिमालयन बैंक,तानसेन शाखामा रहेको आमा ज्ञानुमाया रानाको खाता नं.-०२२०८४८१७६००१९ मा रकम पठाउन सकिने पारिवारिक स्रोतले बताएको छ ।


 


प्रकाशित : २०७७ मंसिर २३ गते १८:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology