शिखरडाँडामा मन्दिर तथा किरियापुत्री घर उद्घाटन कार्यक्रम सम्पन्न

अमृत काम्मु मगर
प्रकाशित : २०७७ मंसिर २३ गते २१:१०

पाल्पा,वीरकोट

मंसिर २३

पुर्वखोला-५,शिखरडाँडामा स्थापित रम्भादेवी मन्दिर तथा स्व.श्रीमती मनिकला बराल स्मृति किरियापुत्री घर संयुक्तरूपमा आज उद्घाटन एवं मुर्ति स्थापना गरिएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले जनताहरुको आफ्नै लगानी र सक्रियतामा भएका यस्ता विकासका कार्यको प्रशंसा गर्नुहुँदै समृद्ध एवं सुखी देश निर्माणका लागि टेवा पुग्ने कुरा बताउनुभयो । प्रमुख अतिथि थापाले हाम्रा धार्मिक आस्थाहरु,सांस्कृतिक मान्यताहरुले सामाजिक सद्भाव र एकता अक्षुण राख्ने हुँदा तीनीहरुको संरक्षण गर्नु आवश्यक रहेको पनि बताउनुभयो । पुर्वखोला-५,शिखरडाँडा र कर्नेडाँडाको सिमाक्षेत्र स्थित भालुकोनमा निर्मित श्री रम्भादेवी मन्दिरमा शिखरडाँडा निवासी अवकासप्राप्त भु.पु.गोर्खा सैनिक,नेपाल प्रहरी,नेपाली सेना लगायतका सुरक्षा निकायमा कार्यरत सैनिकहरुको सहयोग छ भने स्वर्गीय श्रीमती मनिकला थापा बराल स्मृति किरियापुत्री घर उहाँका श्रीमान भु.पु.भारतीय सैनिक क्याप्टेन सोम बहादुर थापा,छोराहरु एक्स ब्रिटिस आर्मी नेत्र थापा बराल,सोम बहादुर थापा बराल,बोम बहादुर थापा बरालको सहयोगमा निर्माण भएको हो । आज बिहान मन्दिरमा राँगो र बोकाको बलि दिनुका साथै ताहुँस्थित प्रसिद्ध शक्तिपिठ रम्भादेवी मन्दिरका पुजारीद्वारा पुजाआजा गरिएको थियो । कार्यक्रममा पुर्वखोला-५,वीरकोटका वडा सदस्यहरु सावित्रा झेंडी थापा,याम बहादुर सारु,मण्डली प्रा.वि.का प्र.अ.ईन्द्र सापकोटा,टोल प्रतिनिधि नुन बहादुर थापा लगायतले बोल्नुभएको थियोे । कार्यक्रममा जग्गादाताहरु याम बहादुर काम्मु र कर्ण बहादुर काम्मुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे । मन्दिर तथा किरियापुत्रीघर निर्माणमा करिब ५ लाख खर्च भएको स्थानीय बुद्धिजीवी गोपाल काम्मुले बताउनुभयो । उद्घाटन समारोह क्याप्टेन सोम बहादुर थापा बरालको अध्यक्षता तथा भु.पु.भारतीय सैनिक हवल्दार हुम बहादुर काम्मुको सञ्चालनमा सम्पन्न भएको थियोे ।


प्रकाशित : २०७७ मंसिर २३ गते २१:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology