भाषा शिक्षकलाइ भर्चुअल तालिम संचालन

गेहेन्द्र पौडेल
प्रकाशित : २०७७ मंसिर २४ गते १९:१३

भाषा शिक्षकको भर्चुअल तालिम संचालन

रूम टु रिडको अार्थिक तथा पढ्नका लागि कोठाको प्राविधिक सहयोग र बेस नेपालको ब्यबस्थापनमा पाल्पा जिल्लामा संचालित साक्षरता कार्यक्रम अन्तर्गत सन २०१७ र २०१९ मा साक्षरता कार्यक्रम लागू भएका ४३ वटा सामुदायिक विद्यालयहरूका कक्षा २ का नेपाली भाषा शिक्षकहरूको तालिम भर्चुअल मोडमा सुरू भएको छ । कोभिड-१९ ले शिक्षा क्षेत्रमा पारेको असर र शैक्षिक गतिविधि न्यून रहेको अवस्थामा शैक्षिक क्षति कम गर्ने उद्देश्यका साथ कक्षा २ का नेपाली भाषा शिक्षणलाई ४ महिनामा पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश परिपुर्ति गर्नेगरी अभ्यास पुस्तिकाको प्रयोग जसमा अभ्यास पुस्तिकाको प्रयोग कसरी गर्ने, पाँच तत्वमा अाधारित दैनिक शिक्षण सिकाई कृयाकलाप, मनोसामाजिक कृयाकलाप, अभ्यास पुस्तिकाको अाधारमा नमुना शिक्षण प्रदर्शन साथै विद्यार्थी सिकाई मुल्यांकनका कार्यहरूलाई समावेश गरी तालिम संचालन गरिने रूम टु रिडका कार्यक्रम सहायक हरि प्रसाद अाचार्यले जानकारी गराउनु भयो । भाषा शिक्षकको तालिमलाई रूम टु रिडका कार्यक्रम अधिकृत अोम कुमार श्रेष्ठ , एल बि खड्का, बटुराम भण्डारी र बेस नेपालका कार्यक्रम संयोजक प्रकाश पाण्डेले सहजीकरण गर्दै अाइरहनु भएको छ भने कक्षा १ को तालिम अाइतबार देखि मंगलबार सम्म संचालन भएको थियोे । कक्षा २ को भर्चुअल तालिम बुधबारदेखि सुरू भएको र सुक्रबार सम्म निरन्तर संचालन हुनेछ।


प्रकाशित : २०७७ मंसिर २४ गते १९:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology