लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियान चिदीपानीमा सम्पन्न

माया बस्याल
प्रकाशित : २०७७ मंसिर २४ गते २२:५७

२४ मंसिर ,

महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाले माथागढी १ चिदीपानीमा लैङ्गिक हिंसा अन्त्य विरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले पालिकामा हिंसाका घटनाहरु दर्ता भएका हुन्छन् कतिपय घटनालाई पालिकाबाटै समस्या समाधान गरिन्छ भने जटिल घटनाहरुलाई जिल्लामा रिफर पनि गर्ने गरेको बताउनु भयो ।कार्यक्रममा सहभागीहरुलाई हिंसा सहेर नबस्न अाग्रह गर्दै समस्या परेमा पालिकाकाे न्यायिक समितिलाई जानकारी गराउन अाग्रह समेत गर्नु भएको थियोे । कार्यक्रमा माथागढी गाउँपालिका वडा न १ का वडा अध्यक्ष शिव प्रसाद घिमिरेले पनि हिंसा सहनु नहुने साथै हिंसा भएको थाहा पाएमा सम्बन्धित निकायलाई जानकारी गराएमा समाजमा हुने हिंसाका घटना निर्मूल हुने भन्दै कार्यक्रमले समाज परिवर्तनमा टेवा पुग्ने र दिनहुँ यस्ता घटनामा हरु नभए हुन्थ्यो भन्ने कुरामा जाेड दिनुभयो । कार्यपालिका सद्स्य अनिता रसाइली वडा सद्स्य हिरा बहादुर रेग्मी वडा न ३ नम्बर वडा सदस्य अनिता दर्जीले लगायतले बोल्दै हिंसात्मक घटना जतिसुकै हुन्छन् तर समाजदेखि बाहिर नअाउदा समाजमा नै हिंसा नभएको अाभास हुने हुदा हिंसा समाजमा जराे गाडेर बस्ने गरेको यसलाइ हटाउन सबैले एक्यवद्धता हुनुपर्ने कुतामा जोड दिनु भयो ।

कार्यक्रममा सबै सहभागी ले ” म हिंसा गर्दिन , सहन् , देखेको हिंसामा प्रतिकार गर्छु भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गर्नु भएको छ । कार्यक्रम कार्यपालिका सदस्य विद्या कुमारी सिंजालीकाे स्वागत मन्तव्य उपाध्यक्ष निर्मला भट्टराईको अध्यक्षता चलेको थियोे भने महिला तथा बालबालिका अधिकृत पुनम चिदिले सञ्चालन गर्नु भएको थियोे ।


प्रकाशित : २०७७ मंसिर २४ गते २२:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology