माथागढीको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कसेनीमा कार्यक्रम गर्दै समापन

माया बस्याल
प्रकाशित : २०७७ मंसिर २६ गते १९:४८

२५ मंसिर ,
लैङ्गीक हिंसा विरुद्ध १६ दिने अभियानकाे अाज अन्तिम दिन अाज प्रभास चाैकीको अायाेजना माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी काे सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष दिपक थापाले अाफु निर्वाचित भए र कार्यकाल सम्माहल्ल थालेपछि गाउँमा धेरै झैझगडा का घटना बाहिर अाएकाे र मिल्ने परिवेश भएको र नीतिले दिएका घटनाहरु वडा तथा गाउपालिकामा मिलाउने गरेको नमिल्ने जटिल केसलाई भने प्रहरी कार्यालय त काेहि अदालतमै पठाईएकाे भन्दै गाउँघरमा धेरै भन्दा भने मादक प्रदार्थकाे सेवन बाट हुने गरेका भन्दै अहिले काे परिवेशमा वडा भित्र बालविवाह बहुविवाह भने न्युनीकरण भएको कुरा बताउनु भयो । कार्यक्रममा सहभागीहरुलाई हिंसा सहेर नबस्नुहुन अाग्रह गर्दै समस्या परेमा वडाकाे तथा पालिकाकाे न्यायिक समितिलाई जानकारी गराउनुहुन अाग्रह समेत गर्नु भएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि कार्यपालिका सदस्य तारा रसाइली ले हिंसा सहनु नहुने साथै हिंसा भएको थाहा पाएमा सम्बन्धित निकायलाई जानकारी गराएमा समाजमा हुने हिंसाका घटना निर्मूल हुने भन्दै कार्यक्रमले समाज परिवर्तनमा टेवा पुग्ने छ भन्दै त्यस्ता घटना देखेमा बाहिर ल्याउन समेत अाग्रह गर्नु भएको थियो ।

कार्यक्रम का विशिष्ट अतिथि तथा प्रभास चाैकी प्रमुख एक्का बहादुर नेपालीले समाजमा घरेलु हिंसाका घटना धेरै भएको तर बाहिर नअाएकाे बाहिर अायाे भने सिधै चाैकीका पुगेको र कतिपय केसलाई मिलापत्र गर्ने गरेको र नमिल्दो लाई अदालतमा पठाउने गरेको बताउनु भयो । यस्ता हिंसाका घटना घट्नै नदिनका लागि जनचेतनामूलक ककार्यक्रम धेरै गरियता पनि नराेकीएकाे गुनासो गर्दै पहिला भन्दा अहिले चाहिँ स्थानीय सरकार हुदा प्रहरीलाइ सहयोग पुगेको बताउनु भयो ।

वडा सदस्य खड्गबहादुर ठाडा ले कार्यक्रममा बाेल्दै समाजमा धेरै हिंसाका घटना हुने तर ती घटना बाहिर नअाउने हुदा समाजमा अप्रिय घटना बढी घट्ने गरेका छन् अझै अहिले काे परिवेशमा हेर्दा महिला भन्दा पुरुष बढी हिंसामा पर्ने गरेको बताउदै त्यसैले यस्ता अप्रिय घटना घट्न नदिन सबै एकजुट भएर लाग्नु पर्नेमा जाेड दिनु भयो ।

तेसै गरि वडा सदस्य अनिता दर्जी , ईन्द्रबहादुर सारुले पनि महिला हिंसा हटाउन अाफ्नाे घर बाटै सुरु गर्नु पर्ने र सबैको उद्देश्य एउटै भएमा हिंसा समाजबाट नै निर्मूल हुने, सुरुवात चाहिँ अाफै बाट गर्नु पर्ने भन्दै यस्ता घटना लुकाएर राख्नु नहुने कुरालाई बढी जाेड दिनु भएको थियो ।

कार्यक्रममा सहभागी भृकुटी राना लगाएत अगुवामहिला तथा पुरुषहरुले कार्यक्रममा साझा बुझाई बनाउदै समाजमा हिंसात्मक घटना जतासुकै हुन्छन् तर समाजदेखि बाहिर नअाउदा समाजमा नै हिंसा नभएको अाभास हुन्छ तर हिंसा भने समाजमा जराे गाडेर बसेकाे कुरामा सबैले एैक्यवद्वता जनाउनु भएको थियो ।

कार्यक्रममा सबै सहभागी ले ” म हिंसा गर्दिन , सहन् , देखेको हिंसामा प्रतिकार गर्छु भन्ने प्रतिबद्धता गर्दै चलेको कार्यक्रम कार्यलय सहायक सुकुमाया दर्जीकाे स्वागत मन्तव्य र वडा अध्यक्ष दिपक थापाकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ मंसिर २६ गते १९:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology