राष्ट्रिय पुन निर्माण प्राधिकरण प्रमुख सुशिल ज्ञवाली द्धारा भवानी मा वि को १२ कोठे भवनको शिलान्यास

Kandara News
प्रकाशित : २०७७ मंसिर ३० गते २०:३५

मंसिर २९ , अर्जुन आचार्य रिब्दीकोट , भवानी माध्यमिक विद्यालय रिब्दीकोट ५ कुसुमखोला को नेपाल सरकार राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यावन्यन इकाई (शिक्षा)मार्फत निर्माण हुने १२ कोठे भवनको राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले शिलान्यास गर्नुभएको हो। मंगलबार शिलान्यास गर्नुहुँदै प्रमुख ज्ञवालीले विविबध रुपमा शिलान्यास गर्दै उहाँले २०७२ सालको भुकम्पले क्षेती पुगेका संरचाना निर्माण कार्य तीव्र गतिमा भैरहेको वताउदै हालसम्म ९२ प्रतिशत पुनस् निर्माण कार्य सम्पन भएको बताउनु भयो । उहाले विद्यालयमा अध्यनरत विध्यार्थीको लागि २ हजार माक्स वितरण गर्दै आफुले यस विद्यालय अद्ययनन गरेको बताउदै उहाले खुसी समेत व्यत्त गर्नु भयो । कार्यक्रममा संघिय सामसद सोम प्रसाद पाण्डे लयायतले मन्तव्य राख्नु भएको थियो ।

विद्यालय को भवन कार्यक्रम रिब्दीकोट वडा अध्यक्ष कृष्ण थापाको स्वागत भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती कुमारी श्रेष्ठको अध्यक्षतामा भवानी मा वि का शिक्षक विश्वराज नेपालको संचालनमा भएको थियो ।


प्रकाशित : २०७७ मंसिर ३० गते २०:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology