ओके बाजे द्वारा रिङ्नेरहमा १२० घर परिवारलाइ राहात वितरण
जापानिज नागरिक काजुमासा काकिमी ओके बाजे द्वारा पाल्पाकाे पूर्वखाेला गाउँपालिका ३ मा आर्थिक रुपले विपन्न परिवारलाइ राहात वितरण गर्नुभयकाे हो । काेविड १९ का कारण मारमा परेका सामान्य जिविकाे अार्जन गर्न समेत मुस्किल परेकाे अवस्थामा परेका १२० घर परिवारलाइ ५० के जि चामल ( खण्डा) १ लिटर तेल १ केजि ( पोका) नुन १ किलाे दाल र १ वटा लुगा धुने साबुन वितरण गर्नु भयकाे थियो । राहात वितरण कार्यक्रम सबैलाइ सहज पराेस भन्ने हेतुले दौरिगाैडा , रोङ्ढ्याङ र अर्खलडाडामा गरि ३ स्थानमा बितरण गरियकाे हाे राहात बितरण कार्यक्रम का प्रमुख अतिथि काजु मासा काकिमी ( ओके बाजे )ले राहात लियका ले कम्तिमा २ दिन श्रमदान गर्नु पर्ने बताउनु भयाे ।
ओके बाजेले पाल्पाको विभिन्न स्थानहरुमा राहात वितरण गर्दै आउनु भएको स्मण गर्दै उहाले
उहाँले भन्नुभयाे मैले सदैभरि यस ठाउँलाइ माया गरिरहन्छु मेराे लागि याे ठाउँ निकै राम्राे लाग्छ र सबैको मायाँ पाउँदा खुसी लागेको बताउनु भयो । दौरिगाैडा मा भयकाे राहात वितरण कार्यक्रम समाजसेवि खुम बाहादुर पाटाकाे अध्यक्षता नवीन अाचार्य काे स्वागत र हरि न्याैपाने काे सन्चालन मा कार्यक्रम समापन भयकाे थियाे। ओके बाजेले राहात वितण पश्चात अर्खलडाडामा रहेको जन उज्जवल आधारभूत विद्यालयको पहिरो अवलोकन, विध्यालयको शैक्षिक तथा भौतिक अवस्था बारे बुझ्नु भएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पंगेनी ले बताउनु भयो ।
।
प्रकाशित : २०७७ पुष १ गते १६:३२
Facebook Comment