मृगौला पिडित जस्मिन ढेंगाका लागि सहयोग जुट्दै,ओकेबाजेद्वारा दस हजार सहयोग

नवीन आचार्य
प्रकाशित : २०७७ पुष १ गते १८:२७

पाल्पा,पुर्वखोला
पौष १
पूर्वखोला-३,रिङ्नेरहकी मृगौलापिडित २६ वर्षिय जस्मिन ढेंगाका लागि सहयोग जुट्न शुरु भएको छ ।
यसै क्रममा जापानी समाजसेवी काजुमासा काकिमी(ओके बाजे) ले रु.१० हजार नगद सहयोग प्रदान गर्नुभएको छ । सो सहयोग राशी ओकेबाजेले आजै मृगौला पिडित ढेंगाको परिवारलाई बुझाउनुभएको छ । ओकेबाजेले सहयोग रकम हस्तान्तरण गर्नुहुँदै अरुलाई पनि आफुले सकेसम्मको सहयोग गरेर पिडितको जीवनरक्षा गर्न अनुरोध गर्नुभएको छ ।
मृगौला पिडित ढेंगाका लागि सहयोग याचना सम्बन्धि समाचार कन्दरा न्युजले प्रकाशित गरेपछि सहयोगीहरुले चासो व्यक्त गरेका छन । यस अघि पुर्वखोला-५,शिखरडाँडा घर भइ हाल यु.के.मा बस्नुहुने भु.पु.ब्रिटिस आर्मी नेत्र थापाले रु.५ हजार त्यस्तै पुर्वखोला-५,कर्नेडाँडा घर भई हाल नयाँदिल्ली भारतमा कार्यरत लेख बहादुर काम्मुले रु. २ हजार सहयोग प्रदान गरिसक्नुभएको छ । पिडित ढेंगाको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल,बुटवलमा उपचार भईरहेको पारिवारिक स्रोतले बताएको छ ।


प्रकाशित : २०७७ पुष १ गते १८:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology