पाल्पाको पूर्वखोला -१ सिलुवा र निस्दी-६,अर्चले जोड्ने रेचेघाट निस्दी खोलामा पुल बन्ने भएको छ । बुधवार लुम्बिनी प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पूलको शिलन्यास गर्नु भएको छ । मन्त्री चौधररीले पुल शिलान्यास गर्दै यस पुल बने संगै स्थानियले सेवा लिन सक्ने बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तथा नेकपा जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्य, लुम्बिनी प्रदेश सांसद युवराज खनाल पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।
जम्मा ४ करोड २८ लाखको लागतमा सम्पन्न हुने सो आयोजना २०७८ पौष १९ गते सकिने गरि जय नेपाल कम्पनी विवेक कुबेर निर्माण सेवा प्रा लिले ठेक्का पाएको छ ।
निर्धारित सम्झौता मिति भन्दा अगाडि काम सम्पन्न गर्ने गरि लाग्ने कम्पनीका निर्देशक सुर्य प्रसाद श्रेष्ठले बताउनु भयो ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको स्वागतबाट सुरु भएको कार्यक्रम जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मिरा मरासिनीको अध्यक्षता तथा निस्दी गाउँपालिका प्रवक्ता एवं वडा न ६ अर्चलेका वडा अध्यक्ष मेक बहादुर सुनारीको संचालनमा चलेको थियो । रेचेघाटमा पुल बन्ने भएपछि त्यस क्षेत्रका स्थानीयलाई सहज हुने देखिन्छ ।
तस्विर निस्दी गाउँपालिका प्रवक्ता मेक सुनारिको फेसबुक बाट
तस्विर होम राई मगरको फेसबुक बाट
प्रकाशित : २०७७ पुष १ गते १९:५४
Facebook Comment