राष्ट्र प्रेम

Kandara News
प्रकाशित : २०७७ पुष १ गते २१:०७

राधा देवी भट्टराई
कविता
राष्ट्र प्रेम

राष्ट्रप्रेम हुनु पर्छ हामी सवको मुटु भित्र
सवले कोर्न सक्नु पर्छ नेपालको सुन्दर चित्र ।
पुर्खाहरु को त्याग अनि भुल्न हुन्न वलिदान
आइ परे सक्नु पर्छ देशकै लागि ज्यान दिन ।।

शरीरमा वगेको छ हामी सवको रातो रगत
देशको लागी वग्नु पर्छ उम्लिएर तातो रगत ।
विश्वले नै चिनेको छ विरका हौ सन्तान हामी
कहिले पनि झुक्न हुन्न नेपाली हौ स्वाभिमानी ।।

व्यक्ति गत स्वार्थ त्यागी हामी माथि उठनु पर्छ
कचिङ्गल गर्ने होइन दाजुभाइ जुट्नु पर्छ ।
हिमाल पहाड तराइमा जहाँ वसे नी हौं नेपाली
सवको मुटु भित्र वगोस् मेचि अनि महाकाली ।।

जननी र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ
काधमा काँध मिलाउ साथी अनि मात्र देशमा बन्छ ।
आमालाई हसाउने हामी सवको दायित्व हो
आमा सधै रुन्छिन भने जन्मिएको के अर्थ भो ।।

पसिना त्यो खसे पनि आफ्नै देशको माटो भिजोस्
एउटा काँडा पन्छाए नी आफै हिड्ने वाटो वनोस्
आउ युवा शक्तिहरु यहि देशका श्रम पोखौं
देश वने हामी वन्छौ यहि मुल मन्त्र जपौं


प्रकाशित : २०७७ पुष १ गते २१:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology